१ श्रावण २०८३, शुक्रबार

लेबनान माथी इजरायलको आक्रमण

एसीपी संवाददाता

२९ आश्विन २०८१, मंगलवार १०:२० मा प्रकाशित

इजरायली सेनाले उत्तरी लेबनानमा गरेको आक्रमणमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उत्तरी लेबनानमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी ८ जना घाइते भएका छन्।

लेबनानले गरेको आक्रमणमा ४ इजरायली सेनाको मृत्यु भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानको हरेक क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएका थिए। उनको चेतावनी लगतै इजरायली सेनाले आक्रमण गरेको हो।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक महिनामा इजरायलले गरेको आक्रमणमा परी १ हजार ७ सय जनाको मृत्यु भएको छ।

यसैबीच, इजरायली सेनाले गाजामा गरेको आक्रमणमा परी २९ जनाको मृत्यु भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x