१ श्रावण २०८३, शुक्रबार

जुवा खेलाउने चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

२९ आश्विन २०८१, मंगलवार १०:३७ मा प्रकाशित

नेपालमा चिनियाँ नागरिकको अबैध गतिविधि बढदै गएको छ । चिनियाँ नागरिक प्राय पर्यटनका रूपमा आउने गर्छन् अनि नेपालमा अबैध जुवाको लोभमा नेपालीलाई ठगने गर्छन् ।  रकमको हारजित हुने गरी ‘फिस सुट गेम’ खेल्ने÷खेलाउने कार्यमा संलग्न पाँच जना चिनियाँ पक्राउ परेका छन् । काठमाडौंको ठमेलमा बस्दै आएका चिनियाँ नागरिकहरु ५४ वर्षीय जु केकियाङ, ३३ वर्षीय हुई पेङ, ५० वर्षीय वेन जिमेइ, ४३ वर्षीय वाङ जिङ्यो र ३८ वर्षीय लिउ सुनलाई उक्त अभियोगमा नियन्त्रणमा लिइएको छ ।

उनीहरुले विगत पाँच÷छ वर्षदेखि ठमेलस्थित एक रेस्टुरेन्टमा कोठा भाडामा लिएर सो गेम खेलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट २३ लाख ९८ हजार २० रुपैयाँ नगद, गेम उपकरण, महजोंग सेट एक थान र सोमा प्रयोग हुने ३६० वटा गोटी तथा विभिन्न कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रेस्टुरेन्टबाट हिजो नियन्त्रणमा लिएका उनीहरुलाई आवश्यक कारबाहीका निम्ति आज जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x