१ श्रावण २०८३, शुक्रबार

अध्यागमन केन्द्रका लागि भारतीय विदेशमन्त्रालयसम्म ज्ञापन-पत्र

एसीपी संवाददाता

२ कार्तिक २०८१, शुक्रबार ११:१९ मा प्रकाशित

अंकुश श्री
कपिलवस्तु ,कार्तिक २ । नेपाल–भारत सीमामा अवस्थित शोहरतगढ तहसीलकाे बढ्नी नगर अन्तर्राष्ट्रिय बजारका रुपमा विस्तार भईरहेकाेले इमिग्रेसन लगायतका बहुआयामिक याेजना विस्तारका लागि ज्ञापनसहित आग्रह गरिएकाे छ ।
समाजवादी शिक्षक सभाका राष्ट्रिय उपाध्यक्ष मणेन्द्र मिश्र ‘मशाल’ ले भारत सरकार विदेश मंत्रालय का अस्थाई समिति के सदस्य तथा उत्तरप्रदेश बलियाका सांसद सनातन पाण्डेलाई ज्ञापनपत्र दिएर अन्तर्राष्ट्रिय महत्वका विषयलाई अवगत गराएका छन् ।

उपाध्यक्ष मिश्रले नेपाल–भारत सम्बन्धको दृष्टिकोणले बढ्नी महत्वपूर्ण व्यापारीक केन्द्र भएको बताए । तर लगातारको बेवास्ता र उदासीनताका कारण बढ्नीको महत्व उजागर हुन सकेको छैन । ज्ञापनका माध्यमले बढ्नीकाे समस्या समाधानका लागि समाजवादी पार्टीका बलिया सांसद सनातन पाण्डेसँग भारत सरकारका विदेश मन्त्रालयमार्फत छलफल गर्न भनिएकाे थियाे । सांसद पाण्डेलाई भारत सरकारको विदेश मन्त्रालय अन्तर्गतकाे हालै गठित अस्थायी समितिको सदस्यमा मनोनित गरिएको छ ।

उपाध्यक्ष मणेन्द्र मिश्रले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणका लागि सांसदलाई दिएको ज्ञापनपत्रमा तीनवटा विषय प्रमुख रुपमा समावेश गरेका छन् । जसमा पहिलो बुँदामा विश्वका विभिन्न देशबाट आउने पर्यटकको आवतजावतलाई सहज बनाउन सोनौली जस्तै शोहरतगढको बढ्नीमा अध्यागमन (इमिग्रेसन) चेकपोष्ट स्थापना गर्ने उल्लेख छ ।

त्यस्तै दाेस्राेबुँदामा व्यवसायिक गतिविधि र व्यवसायीलाई फलफूल तथा तरकारी खेतीमा कुनै बाधा नपर्ने गरी नियम बमोजिम फलफूल तथा तरकारी ओसारपसार गर्न प्लान्ट क्वारेन्टाइन (फाइटोस्यानेटरी सर्टिफिकेट) दुई वर्षअघि स्थापना भएपछि अर्काे पशु क्वारेन्टाइन प्रमाणीकरण सेवा केन्द्र स्थापना गर्ने दोस्रो मुद्दा हो । अहिले बहराइच, बलरामपुर, गोण्डा, श्रावस्ती, सिद्धार्थनगरका जनताले सीमापार नेपालमा बाख्रा, कुखुरा, भेडा लगायतका जनावर पठाउन विषमुक्त प्रमाणपत्रका लागि दिल्ली जानुपर्ने बाध्यता छ । सीमामा पशुपन्छी तस्करी हुने भएकाले राजस्वमा ठूलो नोक्सानी हुने र स्थानीय व्यापारीले समस्या भोग्नुपरेको छ । यसको समाधानका लागि बढ्नीमा पशु क्वारेन्टाइन प्रमाणीकरण सेवा केन्द्र स्थापना गर्नु अत्यन्त जरुरी छ । उपाध्यक्ष मिश्रले तेस्रो बुँदा हिन्दु धर्मावलम्बीहरुकाे आस्थाको प्रमुख केन्द्र स्वर्गद्वारी बाबा प्रभुनाथ मन्दिरमा वर्षेनी नेपाल जाने लाखौं धार्मिक पर्यटकको सुविधासहित भारत–नेपालका सामाजिक,सांस्कृतिक र साहित्यिक सम्बन्धसंग जाेडिएकाे कार्यक्रमका लागि भारत–नेपाल मैत्री भवन जस्ता कुनै संरचना निर्माणका लागि पहल गर्न आग्रह गरिएकाे छ ।

  कृष्णनगर-बढ्नी नेपाल-भारत सिमासंग सटेकाे सबैभन्दा नजिकका बजार हुन साथै भारतीय रेलवेकाे ब्राेड-गेज लाइन पनि सय मिटर मै रहेकाेले बढ्नीकाे बिकासले कृष्णनगर क्षेत्रलाई पनि समृद्ध बनाउने विश्वास पुर्व सांसद अभिषेक प्रताप शाहले व्यक्त गर्नुभयाे । पुर्व सांसद शाहले इमिग्रेसन केन्द्र स्थापनाका लागि नेपाल सरकारमार्फत पटक पटक पहल गरिएतापनि राजनीतिक अस्थिरताका कारण पुर्णतः पाउन नसकेकाे बताउनुभयाे । कपिलवस्तुटाईम्स 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x