३२ असार २०८३, बिहीबार

तीन महिनामा निर्माण पूरा नभए बुटवल–नारायणगढ सडकको ठेक्का तोडिने

एसीपी संवाददाता

१५ कार्तिक २०८१, बिहीबार १०:२१ मा प्रकाशित

तीन पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेको बुटवल–नारायणगढ सडक अवको तीन महिनासम्ममा पनि काम सम्पन्न नगरे ठेक्का तोड्ने मनस्थितिमा सरकार पुगेको छ । सडक निर्माणको काममा अत्यन्त ढिलासुस्ती भएको भन्दै आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीलाई तीन महिनाको लक्ष्य दिएर आउँदो डिसेम्बरसम्म काम नसकिए ठेक्का तोड्ने योजना रहेको बताएका छन् । ‘तीन महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का तोड्ने सूचना जारी गरिसकिएको छ’, सचिव शर्माले भनाइ छ,, ‘ठेकेदार कम्पनीले जनशक्ति बढाएर सडक विस्तारको कामलाई तिब्रता नदिए सरकारले पुनःविचार गरी ठेक्का तोडेर अगाडि जानुपर्ने बाध्यता रहेको छ ।’
२०७९ साउनमा सडक बिस्तारको काम सम्पन्न गर्ने गरि वि.सं.२०७५ माघमा सम्झौता भएको उक्त सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न हुनु त परै जाओस् यस अवधिमा तीन पटक म्याद थप गर्दा पनि सडक बिस्तार निर्माणको कार्य सकिएको छैन । सडक निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो ।
सडक बिस्तारको ठेक्का भए पश्चात् सडक भत्काइन थालिएपछि उक्त सडक खण्डमा यात्रुले सास्ती खेप्दै आएका छन् । कोरोना कालमा निर्माण सामाग्रीको कारण देखाएर २०८० साउन ११ गते सम्मका लागि पहिलो पटक म्याद थप भएको थियो । थप गरिएको म्यादमा पनि सम्पन्न नभएपछि दोस्रो पटक २०८१ साउन ८ गते सम्मका लागि थप भएको थियो र र त्यो म्यादमा पनि काम सम्पन्न नभएपछि २०८२ साउन ८ गतेसम्मकालागि तेस्रो पटक म्याद थप भएको छ ।

मन्त्रालयका सचिव शर्माका अनुसार, मुग्लिन–पोखरा राजमार्ग अहिलेसम्म सन्तोषजनक अवस्थामा रहेको बताए । नागढुङ्गा–मुग्लिनको समय धेरै नभएकाले पहिलो प्याकेज नागढुङ्गादेखि नौबिसेसम्म हिउँदमा सकिन्छ । नौविसेबाट मुग्लिनसम्मको काममा प्रगति कम भएपनि निर्धारित म्याद सकिएको छैन । कम क्षमता भएका निर्माण कम्पनीहरुले धेरै ठेक्का लिएर नगद व्यवस्थापन गर्न नसक्दा विकास निर्माणको काम ढिलासुस्ती भएको उनले बताए । निर्माणको लागि रुख काट्ने, पोलहरु समयमा ननिकाल्ने गर्दा समस्या आएको बताए । सिद्धार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x