३२ असार २०८३, बिहीबार

अमेरिकाले नेपाललाई दिएको आर्थिक सहायता ठगी हो – राष्ट्रपति ट्रम्प

एसीपी संवाददाता

९ फाल्गुन २०८१, शुक्रबार ०८:०४ मा प्रकाशित

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई अमेरिकाले प्रदान गर्दै आएको आर्थिक सहायता ठगी भएको बताएका छन्। नेपाललाई दिइँदै आएको अर्बौं रुपैयाँ बराबरको सहयोगबारे विवरण सार्वजनिक गर्दै ट्रम्पले अमेरिकी करदाताको पैसा यसरी खर्चिनु उचित नभएको टिप्पणी गरेका छन्।

अमेरिकी सहायता निकाय युएसएआईडी (USAID) तथा एमसीसी (MCC) मार्फत नेपालमा प्रवाह हुँदै आएको सहायता रकम हालका लागि तीन महिनाका लागि स्थगित गरिएको छ। ट्रम्प सत्तामा आएदेखि नै अमेरिकाले विभिन्न देशलाई दिइँदै आएको आर्थिक सहायता कटौती गर्दै आएको थियो, जसको प्रभाव नेपालमा पनि परेको छ।

ट्रम्पले नेपाल लगायत अन्य विकासोन्मुख देशहरूमा पठाइने सहयोग रकम अमेरिकी नागरिकका हितमा प्रयोग गर्नुपर्ने बताउँदै आएका छन्। यद्यपि, अमेरिकी सरकारको औपचारिक धारणा भने यस विषयमा स्पष्ट भइसकेको छैन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x