इमाम मूसा काज़िम अलैहिस्सलामको समयमा बनेका केही पुराना कब्रहरू फेला
नुर मोहम्मद अन्सारी
इराकको काज़मिनमा, जहाँ सातौँ इमाम, इमाम मूसा काज़िम अलैहिस्सलामको रोज़ा अवस्थित छ, त्यहाँ हाल पुनर्निर्माणको कार्य भइरहेको छ। खुदाइको क्रममा इञ्जिनियरहरूले इमाम मूसा काज़िम अलैहिस्सलामको समयमा बनेका केही पुराना कब्रहरू फेला पारे।
यो देखेर उनीहरू आश्चर्यचकित भए कि करिब ८०० वर्ष पुराना ती कब्रहरूभित्र रहेको कुनै पनि मृतकको कफनसम्म मेलाएको थिएन। यो सम्झनु जरुरी छ कि इमाम मूसा काज़िम अलैहिस्सलामको समयमा ज़ालिम अब्बासी खलीफा हारुन अल-रशीदको शासन थियो। त्यस कालमा सैय्यदहरूलाई अत्यधिक जुल्म सहनु पर्यो। जहाँ कुनै सैय्यद देखिन्थे, उनीहरूलाई हत्या गरिन्थ्यो। हारुन अल-रशीद मौला अली अलैहिस्सलामको कट्टर विरोधी थियो।
तर सत्यता यही हो:
“मुहम्मद (सल्ल.) का गुलामहरूको कफनसम्म मेलाउँदैन।”
आज हारुन अल-रशीदको तख्त र ताज कहाँ छन्?
तर हाम्रा इमाम र उनका चाहनेवालाहरूको रोज़ा अझै पनि उज्यालो छ।
दुनियाले यो महान् करिश्मा आफ्नै आँखाले देखे– ८०० वर्ष बितिसक्दा पनि कफनसम्म मेलाएको छैन।
अल्लाह तआला हामी सबैलाई अहलेबैत अलैहिस्सलामका सच्चा अनुयायीहरूमा समावेश गरून् र यी साहिब-ए-कब्र जस्तो सुदृढ ईमान र सच्चो अकीदा प्रदान गरून्। आमीन।



