३२ असार २०८३, बिहीबार

यमनमा अमेरिकी आक्रमण

एसीपी संवाददाता

७ बैशाख २०८२, आईतवार ११:३५ मा प्रकाशित

अमेरिकी सेनाले यमनमा हवाई आक्रमण गरेको छ । अमेरिकाले यमनको राजधानी सनासहित हुथी विद्रोहीले कब्जा गरेको तटीय शहहर होदेदालाई लक्षित गरी आक्रमण गरेको हो ।

आक्रमणबारे जानकारी दिँदै हुथी विद्रोहीले अमेरिकी सेनाले लाल सागरमा होदेदामा रहेको एक विमानस्थल तथा बन्दरगाहलाई निशाना बनाएको बताएको छ ।

मध्यपूर्वमा अमेरिकी सैन्य अभियानको नेतृत्व गरिरहेको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले यमनमा हुथी विद्रोहहरूविरुद्ध आक्रमण जारी राखिने बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x