३२ असार २०८३, बिहीबार

आतङ्कवादी हमलामा परी मारिएका सुदीप न्यौपानेको न्यायका लागि आजपनि देशभर विभिन्न शहरमा प्रदर्शन

एसीपी संवाददाता

१३ बैशाख २०८२, शनिबार २१:०१ मा प्रकाशित

सुर्खेत,  भारतको जम्मु–कश्मीरमा आतङ्कवादी हमलामा परी मारिएका सुदीप न्यौपानेको न्यायका लागि आजपनि देशभका विभिन्न शहरमा प्रदर्शन भएको छ । देशका विभिन्न शहरहरु विराटनगर, सिरहा, नेपालगन्ज, बर्दिया लगायतका शहरमा विरोध प्रदर्शन भएको हो ।

आज शनिबार काठमाडौँको चुनादेवी मन्दिरस्थित पाकिस्तानी दूतावास अगाडि केही युवाहरूले प्रदर्शन गरेका छन् । युवाहरूले प्ले कार्डसहित आतङ्ककारी मुर्दावाद, सुदीपलाई न्याय दे, पाकिस्तानी दूतावास खारिज गर लगायतका नारा लगाएका थिए । उनीहरूको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गर्दै विरोधमा उत्रिएको थियो । गत मंगलबार जम्मु कश्मिरको पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरी आतंकवादी आक्रमण हुँदा नेपालीसहित कम्तिमा २६ जना मारिएका थिए ।

भारतको कश्मिरस्थित पाहलगममा भएको आतङ्ककारी हमलाप्रति नेपालका नागरिक समाज, धार्मिक संघसस्थाबाट विरोध, विज्ञप्ती निकालिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x