२८ बैशाख २०८३, सोमबार

मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने

एसीपी संवाददाता

२३ बैशाख २०८२, मंगलवार १३:५५ मा प्रकाशित

काठमाण्डौ  — नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडी मोहमद आदिल आलममाथि लागेका स्पट फिक्सिङ सम्बन्धी प्रतिबन्ध फुकुवा गरेको छ।

क्यानले सोमबार जारी गरेको सूचनामा उल्लेख भएअनुसार, मिति २०७९ मंसिर ९ देखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना गरिएको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोप लागेका आलममाथि Anti-Corruption Code बमोजिम प्रतिबन्ध लगाइएको थियो।

हाल क्यानको Integrity Committee ले आवश्यक अनुसन्धान र प्रक्रिया पुरा गरी प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। सोही निर्णयका आधारमा मिति २०८२ बैशाख २१ गतेदेखि मोहमद आदिल आलम पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन योग्य भएका छन्।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x