उपेन्द्र यादव भने सत्तामा रहेका काङ्ग्रेस कम्युनिस्टले देश खाए , तराई बासी संग दोहोरो नागरिकको बर्ताव किन ?
रुपन्देही – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले देश संघीयता बिरोधि गतिविधि सलबलाउनु शुरु भएको छ अब हामी सावधान रहन आवश्यक छ । अधिकान्स समय सत्तामा रहेका काङ्ग्रेस कम्युनिस्टले देश बिगारेका हुन र जेन जि आन्दोलन भयो ।
कम्युनिस्ट सरकार काङ्ग्रेस सरकारको घमण्डले यो सत्ता गएको हो । आन्दोलनमा गोलि चलाउन आदेस दिनेलाई तुरुन्त कार्यवाही गर्न आवश्यक रहेको छ ।
नेपालमा सर्बप्रथम संघीयताको लागि उपेन्द्र यादवको नेतृत्व मै आन्दोलन शुरु भएको स्मरण गराउदै अब संघीयता खारेज गर्न खोज्ने जो सुकै पार्टीको कडा बिरोध गर्नु पर्ने समय आएको बताउनु भयो ।
साथै उनले भने राज्यले आफ्नै नागरिकसँग बिभेद गरिरहेसम्म देशको अवस्था सुधारिन नसकेको जिकिर पनि गर्नु भयो । शनिबार रुपन्देही जिल्ला भैरहवा बजार आयोजित जसपा नेपाल लुम्बिनी प्रदेश समितिको प्रथम एकता अधिवेशनमा बोल्दै अध्यक्ष यादवले ३५ वर्षसम्म शासन गरेका कांग्रेस र कम्युनिष्ट पार्टीहरुले मधेश र मधेसीको शोषण गरेको उल्लेख गर्नु भयो ।
अध्यक्ष यादवले भने नेपाल सरकारले जहिले पनि तराई मधेश को जनतालाई धोका दिएको हो । चाहे त्यो काङ्ग्रेस होस या कम्युनिस्ट हरु सत्तामा हुँदा सधै भेदभाव गरेको हो । उनले तराई बाट कर लिने गरेको तर तराईको बिकास नगरेको आरोप लगाउनु भयो ।
राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सत्ता भोग गर्ने काङ्ग्रेस र कम्युनिस्ट नेताको बिचारले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीसहित कुनै पनि क्षेत्रमा समस्या समाधान सकेनन् अब यस्ता पार्टीको पहिचान गर्न जरुरी रहेको जिकिर गर्नु भयो । देश सफल बनाउने सोच नभएका यी नेताहरु अधिकान्स समय सत्तामा रहेका हुन तर नेपालको सुधार गर्ने कुनै पनि पहल गरेनन ।
नेपालका १५० भन्दा बढी उद्योग–धन्दा बन्द हुँदा लाखौँ युवाले रोजगारी गुमाउनुपरेको तथ्य प्रस्तुत गर्नु भएको थियो ।
अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट दलले जनताको शोषण गर्दै भ्रष्टाचारमा लिप्त भई देश लुटेको आरोप लगाउनु भएको छ । यही कारणले जेनेरेसन–जेड (जेन्जी) को विद्रोह जन्मिएको दाबी गर्दै उहाले न्यायको माग राख्दा पनि आवाज नसुने तत्कालीन सरकार जिम्मेवार रहेको टिप्पणी गर्नु भयो ।
उहाले भन्नु भयो , “जेन्जी आन्दोलनमा भएको नरसंहारको पूर्ण जिम्मा त्यस बेलाको सरकारले लिनुपर्छ। जनधनको क्षतिको क्षतिपूर्ति पनि त्यो सरकारले नै दिनुपर्छ।”
देशमा निर्वाचनको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष यादवले सरकारले तत्काल उचित वातावरण तयार गर्नुपर्नेमा जोड दिनु भएको छ । हालको सुरक्षा अवस्थाले जनभावनामा असर पारेको बताउँदै उहाले प्रहरी प्रशासन नै भयभीत महसुस गर्ने वातावरण अन्त्य गरी निष्पक्ष चुनाव गराउन सरकार जिम्मेवार रहने औँल्याउनु भयो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनु भएको यादवले लोकतन्त्रमा जनप्रतिनिधि जनताको नै हुनुपर्ने र जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भयो । उहाले पैसा खर्च नखचिर्ने गरी वातावरण हुने गरी निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताउनु भएको छ । साथै, संघीय संरचनालाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रिय महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज राम कुमार शर्माले उत्पीडित समुदायले पाएका अधिकार सुरक्षित गर्दै संविधान संशोधन मार्फत देशलाई अग्रगमनतर्फ लैजानुपर्ने आवश्यकतामा जोड दिनु भएको छ । शर्माले पार्टीको वैचारिक, राजनीतिक र संगठनात्मक यात्रा विस्तारपूर्वक प्रस्तुत गर्दै भन्नु भयो । “हामी अल्पकालीन भावनामा होइन, दीर्घकालीन परिवर्तनका लागि राजनीति गर्छौं। जसपा राष्ट्रको राजनीतिक विकल्प किन बन्न सक्छ भन्ने प्रश्नको उत्तर आजको अधिवेशनले दिएको छ—हाम्रो सिद्धान्त, हाम्रो एकता र हाम्रो जनसम्पर्क लुम्बिनी प्रदेश अब जसपाको मजबूत घेराबन्दी बनेर राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्नेछ।”
कार्यक्रममा आफ्नो भनाई राख्दै केन्द्रीय सचिव सुरेश मण्डलले सम्पुर्ण जातिको हक अधिकारका लागी जसपा नेपाल संर्घषरत रहेको बताउदै यो देशमा संघियता ल्याउने नै जसपा नेपाल र यस पार्टीका अध्यक्ष भएको जिकिर गर्नु भयो । उहाले मधेश आन्दोलनले नै देशमा परिर्वतन ल्याएको जोड दिदै जसपाले देशभरि एकीकृत अभियान चलाउदै आएको उल्लेख गर्नु भयो। उहाले भन्नु भयो प्रदेश समितिदेखि वडा तहसम्म एक व्यक्तिमा होइन, सामूहिक नेतृत्वमा आधारित संरचना निर्माण हुनेछ। एकताको यही भावना हाम्रो शक्ति हो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवं केन्द्रिय सदस्य अम्बिका काफ्लेले संघीयताकै कारण हामी आज बर्दिया जस्तो स्थानले सिंह दरबार जस्तो अधिकार प्राप्त गरेको छ । अति पिछडिएका स्थानमा हरु जनताले सहजै पहुँच भएको छ यसलाइ खारेज गर्ने षडयन्त्र चिन्ताजनक छ । हामी कुनै पनि स्थितीमा संघीयता खारेज हुन दिन्नौ यसका लागि आन्दोलन गर्न समेत तयार रहेको बताउनु भयो ।
यस्तै गरी जसपा लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले अधिवेशनलाई ऐतिहासिक अवसर एवं जसपाको एकताको नयाँ आधारशिला भएको उल्लेख गर्दै “जसपा केवल राजनीतिक पार्टी मात्र नभइ यो दलित, पिछडावर्ग, मधेस, पहाड, जनजाति, मुस्लिम, महिला, युवा सबैको साझा घर भएको बताउनु भएको छ । उहाले भन्नु भयो आजको अधिवेशनले हाम्रो आपसी विश्वास, साझा उद्देश्य र एकताको गहिरो प्रतिबद्धता झल्काएको छ । लुम्बिनी प्रदेशले अब देशभरि एकताको सन्देश दिनेछ।”
इनामुल्लाह फकिर , लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, केन्द्रिय सदस्य साबित्रा बिक,केन्द्रिय सदस्य निलम यादव,केन्द्रिय सदस्य भगवती सुबेदी, जसपा नेपाल केन्द्रिय सदस्य रिता यादव ,केन्द्रिय सदस्य अब्दुल रासिक खान, केन्द्रिय सदस्य कैलाश गुरुङ , केन्द्रिय सदस्य रामवचन यादव रोहिणी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादव, जसपा रुपन्देही अध्यक्ष सियाराम यादव, जसपा नवलपरासीका अध्यक्ष धरेन्द्र यादव आफ्नो भनाई राख्नु भयो । कार्यक्रममा प्रदेशभरिबाट नेता कार्यकर्ताको ५ देखि ८ हजार जनाको उपस्थित हुने अनुमान गरिएको हो ।


