११ भाद्र २०८३, बिहीबार

कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा दोस्रो वर्षका विद्यार्थी लाई क्लिनिकल प्राक्टिस अभिमुखीकरण

एसीपी संवाददाता

६ पुष २०८२, आईतवार २१:५६ मा प्रकाशित

कपिलवस्तु, पुस ६ – कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा एचए र सिएमएलटी अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरूका लागि क्लिनिकल प्राक्टिस अभिमुखीकरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक तथा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले गर्नुभएको थियो। अध्यक्ष पाण्डेयले प्राविधिक शिक्षाले दक्ष, जिम्मेवार र मानवताप्रति संवेदनशील स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्य बोकेको उल्लेख गर्दै विद्यार्थीहरूलाई इमान्दारी, अनुशासन र सेवाभावलाई जीवनको मूल मन्त्र बनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा प्रशासकीय अधिकृत तथा प्रशासकीय प्रमुख पुनीत कुमार मिश्रले क्लिनिकल अभ्यास स्वास्थ्य शिक्षा कै मेरुदण्ड भएको बताउँदै व्यवहारिक ज्ञान र पेशागत मर्यादाले नै विद्यार्थीलाई सफल स्वास्थ्यकर्मी बनाउने धारणा राख्नुभयो।

त्यस्तै प्रशिक्षक विरेन्द्र गुप्ताले अध्ययनसँगै जिम्मेवारीबोध, अनुशासन र निरन्तर अभ्यासको आवश्यकता औंल्याउनुभयो। कार्यक्रम सञ्चालन नन्दराम पौडेलले गर्नुभएको थियो भने सपथ ग्रहण प्रशिक्षक डा. शुभेच्छा शर्माले गराउनुभएको थियो।

सपथमा विद्यार्थीहरूले मानवताको सेवामा जीवन समर्पण गर्ने, गुरुहरूप्रति सम्मान र कृतज्ञता प्रकट गर्ने, विवेक, इमान्दारी र मर्यादाका साथ चिकित्सा अभ्यास गर्ने, बिरामीको विश्वासको रक्षा गर्ने तथा जात, धर्म, राजनीति वा सामाजिक हैसियतलाई कर्तव्य र बिरामीबीच बाधा बन्न नदिने प्रतिज्ञा गरेका थिए।

साथै कुनै पनि दबाब वा धम्कीमा परे पनि मानवताको विरुद्ध आफ्नो ज्ञान प्रयोग नगर्ने अठोट व्यक्त गरिएको थियो।

२०५४ सालमा स्थापना भएको कपिलवस्तु प्राविधिक प्रतिष्ठानले एचए, सिएमएलटी, फार्मेसी, अमिन र फिजियोथेरापी विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x