नेपाल प्रहरी लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जले 2 राउण्ड गोली प्रहार गरि लागु औषध खैरो हेरोईन २६६ ग्राम ५६० मिलिग्राम सहित १ जना भारतीय मानिस पक्राउ परेका छन् । नामथर- फिरोज खान उमेर-३३ बर्ष , ठेगाना- भारतको उत्तर प्रदेश जि. बहराईच जमील, लौकाही रहेका खान साझ ६ बजेतिर भारतको उत्तर प्रदेश जि. बहराईच लौकाही बस्ने बर्ष ३३ को फिरोज खानलाई विशेष सुराकीले दिएको सुचनाको आधारमा जि. बर्दिया गुलरिया न. पा. वडा नं. ११ लालपुर नजिक निजलाई पक्राउ गर्ने खोज्दा निज भाग्न उम्कन खोजेकोले निजलाई नियन्त्रण लिनको लागि २ राउण्ड गोली हानेको १ राउण्ड निजको दाहिने खुट्टामा लागेको र १ राउण्ड निजलाई नलागेको र १ राउण्ड गोली लागे पश्चात् निजलाई नियन्त्रण लिई कानुन बमोजिम खानतलासी गर्दा निजले लगाएको पाईन्टको दाहिने खल्ती भित्र लागू औषध खैरो हेरोईन फेला पारी मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक सहित २८३ ग्राम र प्लाष्टिक हटाई शुद्ध तौल २६६ ग्राम ५६० मिलिग्राम र मोबाइल थान-३ समेत फेला पारी बरामद गरी निजलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दियमा बुझाएको छ ।


