१० भाद्र २०८३, बुधबार

नेपालगन्जमा ‘फेमिली सपिङ’ सञ्चालनमा

एसीपी संवाददाता

१० भाद्र २०८३, बुधबार १८:१९ मा प्रकाशित

नेपालगन्ज, १०भदौ — नेपालगन्ज उपमहानगरपालिका–२, बागेश्वरी चोकमा ‘फेमिली सपिङ’ नेपालगन्ज सञ्चालनमा आएको छ। नयाँ व्यवसायका रूपमा सञ्चालनमा आएको फेमिली सपिङको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। नेपालगन्ज उद्योग बाणिज्य संघका निर्वाचित अध्यक्ष चिरञ्जीवी ओली,सदस्य सन्तोष पाैडेललगायतकाे सहभागिता रहेको थियोे ।

उद्घाटनसँगै ग्राहकलाई सहज र आकर्षक रूपमा विभिन्न सामग्री उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको सञ्चालकले जनाएको छ। पसलमा पारिवारिक आवश्यकताका विभिन्न सामग्री तथा सामानहरू उपलब्ध हुने बताइएको छ।
उद्घाटनको अवसरमा पसललाई रंगीचंगी बेलुनले आकर्षक रूपमा सजाइएको थियो। स्थानीय ग्राहक तथा शुभेच्छुकहरूको उपस्थितिमा नयाँ व्यवसायको शुभारम्भ गरिएको हो ।

नेपालगन्जमा बढ्दो व्यापारिक गतिविधिसँगै नयाँ व्यवसाय थपिँदै जानुले स्थानीय बजारलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। फेमिली सपिङ नेपालगन्जका सचालक बिष्णु जाेशीले पनि ग्राहकलाई सहज, गुणस्तरीय र भरपर्दो सेवा दिने लक्ष्य राखेको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x