४ मंसिर २०८३, बिहीबार

बाँकेमा लागू औषध ब्राउन सुगर सहित तीन जना मानिस पक्राउ

एसीपी संवाददाता

२३ पुष २०८२, बुधबार २१:५७ मा प्रकाशित

रिसब सिंह बाडीया

नेपालगंज – बाँकेमा ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छ्न। जिल्ला प्रहरी कार्यालय बाँकेले लागु औषधी नियन्त्रण गर्ने अभियान चलाए पछि बाँकेमा लागू औषध कारोबारी धमाधम पक्राउ हुन थालेका छ्न ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अङुर जिसी आए देखि नै विभिन्न अपराधीक ब्याक्ती र अबैध कारोबार , लागु औषध , जस्ता कार्यमा सलङ्न अपराधीहरूलाई धमाधम पक्राउ गर्न शुरु अझ सक्रिय भएको श्रोतले जनाएको छ ।

नेपालगंज उप-महानगरपालिका वडा नं २० राँझामा लागु औषध ब्राउनसुगर ब्राउन सुगरको कारोबार भई रहेको भन्ने सुचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय कोहलपुर बाँके र लागू औषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके जानकी गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३७ को रफिक खान लाई पक्राउ गरेको हो ।

निजले चलाई ल्याएको भे.११.प.३६६ नं. को मोटर साइकल रोकी खान तलासी गर्दा निज रफिक खानको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ । खान संग १०३.०३० ग्राम लागु औषध र मोबाईल थान एक (१) र निजले चलाएको मोटर मोटरसाईकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले रफिक खानलाई साथमा लिई निजको घर कोठामा गई खान तलासी गर्दा निज सुत्ने गरेको कोठामा रहेको दराजमा लुकाई राखेको २.०७ ग्राम लागु औषध ब्राउन सुगर गरी जम्मा लागू औषध ब्राउनसुगर १०५ ग्राम १०० मिलि ग्राम र नगद रू ५०,०००।- ( पचास हजार) समेत बरामद गरी सम्मानित बाँके जिल्ला अदालतबाट दिन १० म्याद थप भई आवश्यक अनुसन्धान थालेको हो। नेपालगन्ज लागएत स्थान बाट लागु औसध नियन्त्रण कार्यलाई तिब्र बनाएको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको हो ।

यसैबिच कोहलपुर न.पा ११ टेलिकम कार्यालय नजिक कोठा भाडा गरी बस्ने मुकेश बम र बर्ष २० कि कृपा तामाङको कोठा खानतलासी गर्दा सोही कोठाको भुइमा रहेको बिस्तरा मुनी लुकाइ छिपाइ राखेको प्लाष्टिकमा सानो १७ पुडिया खैरो धुलो पदार्थ फेला पारी शुद्ध तौल गर्दा ६ ग्राम ३५० मिलिग्राम तौल भएको लागू औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ र नेपाली रुपैंया ८९,९००।- (अक्षरेपीः- उनानब्य हजार नौ सय मात्र), Iphone 12 pro मोबाईल थान-१ र Realme कम्पनिको स्क्रिन टच मोबाइल थान-१ फेला पारी बरामद गरि सम्मानित बाँके जिल्ला अदालतबाट दिन ७ म्याद थप भई आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

पक्राउ मानिस जिल्ला कालिकोट रास्कोट नगरपालिका वडा नं. ५ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. ११ टेलिकम कार्यालय नजिक कोठा भाडा गरी बस्ने वर्ष २३ का मुकेश बम, जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. ४ गणेशपुर घर भइ जिल्ला बाँके कोहलपुर न.पा वडा नं ११ टेलिकम कार्यालय नजिक कोठा भाडा गरी बस्ने वर्ष २० का कृपा तामाङ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x