७ बैशाख २०८३, सोमबार

पाकिस्तानी नागरिकको चोर गिरोहका थप २ जना पक्राउ , नेपाल भरी कति छ्न पाकिस्तानी नागरिक ?

एसीपी संवाददाता

७ बैशाख २०८३, सोमबार २३:०९ मा प्रकाशित

कपिलवस्तु — जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सुनचाँदी पसलमा अलमल पारेर चोरी गर्ने गिरोहमा संलग्न थप दुई जना पाकिस्तानी पुरुषलाई पक्राउ गरेको छ। प्रहरीले यसअघि पक्राउ परेका दुई पाकिस्तानी महिलासँगै उनीहरूलाई पनि अनुसन्धानमा जोडेको हो।

यस्तै प्रहरीका अनुसार, २०८२।१२।३० गते देश पाकिस्तानका २० वर्षीया बिबी कल्सुम र ४१ वर्षीया शबानालाई पक्राउ गरिएको थियो। उनीहरूले स्थानीय तथा सुनचाँदी व्यवसायीहरूलाई अलमल पारेर चोरी गरेको सूचनाका आधारमा खोजतलास गर्दा पक्राउ परेका थिए।

केही दिन आगाडी मात्र कपिलवस्तु जिल्ला बाट पाकिस्तानी महिलाहरुले सुन पसल लुटने प्रयास , अहिले प्रहरीको फन्दामा परेका थिए । एउटा् अनुसन्धान भइरहेको बेलामै पाकिस्तानी नागरिक पक्राउ पर्नु को अर्थले नेपालमा यस्ता थुप्रै पाकिस्तानी एजेन्ट व अपराधीहरुको नेपालमा बिगबिगी रहेको हुने सक्ने अनुमान रहेको छ ।

थप अनुसन्धानका क्रममा नेपाल प्रहरीको विभिन्न इकाईसँगको समन्वयमा यही बैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमानलाई पक्राउ गरिएको छ। उनीहरूलाई कपिलवस्तु जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद भएका सामग्री :
अमेरिकी डलर १७,१३६/-
साउदी रियाल ३२५/-
बंगलादेशी टाका १६१५/-
यूएई दिराम ५/-
मलेसियाली रिंग्गिट १८५/-
इनफिनिक्स मोबाइल १ थान र आईफोन १६ मोबाइल १ थान रहेको छ।

यसैगरी प्रहरीले यी व्यक्तिहरूले विभिन्न जिल्लामा पनि सुन चोरी गरेको जानकारी प्राप्त गरेको बताएको छ। इलाका प्रहरी कार्यालय इटहरी (सुनसरी) मा २ तोला भन्दा बढी, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बुटवलमा १ तोला भन्दा बढी, तथा जिल्ला प्रहरी कार्यालय चितवनमा ३ तोला भन्दा बढी सुनका गहना चोरी गरेको जाहेरी परिसकेको वा पर्न लागेको उल्लेख छ।

यस्तै यो जानकारी जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x