नेपालगन्ज–१३ का वडा अध्यक्ष पदका उम्मेदवार जाकिर अलि राईद्वारा छठ पर्वको शुभकामना, सुख–शान्ति र समृद्धिको कामना
दिनेश ठाकुर नेपालगन्ज,कात्तिक २९ गते — नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष पदका उम्मेदवार जाकिर अलि राईले नेपालीहरूको आस्था, निष्ठा, पवित्रता र आत्मअनुशासनको महान् पर्व छठ–२०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
‘हाम्रो संस्कृति, हाम्रो गौरव’ भन्ने मूल सन्देशसहित शुभकामना सन्देश जारी गर्दै उम्मेदवार राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको हो।शुभकामना सन्देशमा राईले छठी माताको कृपाले सम्पूर्ण नगरवासी तथा देशवासीको घर–आँगनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको उज्यालो छाओस् भन्ने कामना गर्नुभएको छ।
उहाँले चाडपर्वहरू नेपाली समाजको मौलिक पहिचान, सांस्कृतिक गौरव र सामाजिक एकताका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता पर्वले समाजमा आपसी प्रेम, सद्भाव, मेलमिलाप, एकता र भ्रातृत्वको भावना अझ बलियो बनाउने बताउनुभएको छ।
सन्देशको अन्त्यमा उहाँले भन्नुभएको छ, “छठी माताको आशीर्वादले सबैको जीवनमा खुसी, शान्ति र प्रगतिको नयाँ ढोका खोलोस्। छठ पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव र एकताको भावना अझ प्रगाढ बनाओस्।”


