छठ पर्वले आपसी सद्भाव, एकता र भ्रातृत्वको भावना अझ प्रगाढ बनाओस् : क्षेत्रीय सभापति हमाल
दिनेश ठाकुर नेपालगन्ज, कात्तिक २९ गते — नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति राज कुमार हमालले छठ पर्व–२०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
‘हाम्रो संस्कृति, हाम्रो गौरव’ भन्ने मूल सन्देशसहित शुभकामना व्यक्त गर्दै सभापति हमालले लोक आस्था, निष्ठा, पवित्रता र आत्मअनुशासनको प्रतीकका रूपमा मनाइने छठ पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, एकता र भ्रातृत्वको भावनालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।उहाँले अस्ताउँदो र उदाउँदो सूर्यदेवको आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइने यस महान् पर्वले सबैको जीवनमा नयाँ ऊर्जा, आशा, उमङ्ग र सकारात्मक सोचको सञ्चार गरोस् भन्ने कामना गर्नुभएको छ।
सभापति हमालले भन्नुभएको छ, “छठ पर्व केवल धार्मिक आस्था र पूजाआजामा सीमित पर्व मात्र नभई सामाजिक एकता, आपसी सद्भाव, प्रेम र भाइचाराको सन्देश बोकेको महान् सांस्कृतिक पर्व हो। यस पर्वले समाजमा विद्यमान विविधताबीच एकता कायम गर्दै आपसी सम्बन्धलाई अझ बलियो बनाओस् भन्ने मेरो हार्दिक शुभेच्छा छ।
उहाँले छठी माताको कृपाले सम्पूर्ण नेपालीको घर–आँगनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको उज्यालो छाओस् भन्दै सबैको जीवनमा खुसी, सफलता र प्रगतिको नयाँ ढोका खुलोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ।अन्त्यमा, सभापति हमालले छठ पर्वलाई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको उत्सवका रूपमा मनाउँदै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ।


