३ मंसिर २०८३, बुधबार
बाँकेको राप्तीसोनारी–४ मा १० जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
अरबिन्द कुमार यादव/बाँके — बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ मा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्ने कार्य सम्पन्न भएको छ।
वडा नं. ४ का १० जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो यससँगै बाँके जिल्लाका अन्य पालिका तथा वडाहरूमा समेत भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्य निरन्तर अगाडि बढाइने जनाइएको छ।
वर्षौंदेखि जग्गाको स्वामित्वबाट वञ्चित परिवारले लालपुर्जा प्राप्त गरेसँगै आफ्नो जग्गाको कानुनी स्वामित्व पाउने बाटो खुलेको छ। यसले भूमिहीन परिवारको जीवनमा नयाँ आशा र उत्साह थप्ने अपेक्षा गरिएको छ।
Subscribe
Login
0 Comments


