१३ असार २०८३, शनिबार

युरोपेली मुलुकहरूमा कोरोनाभाइरसविरुद्धको खोप आपूर्तिमा समस्या

एसीपी संवाददाता

१५ माघ २०७७, बिहीबार १६:२३ मा प्रकाशित

भारत एसियाका सार्क राष्ट्रका केहि देशहरुलाई सहयोग थप अरुका लागि बाटो खोलेको भारतीय संचार माध्यमले जनाएका छन् ।

लन्डन । युरोपेली मुलुकहरूमा कोरोनाभाइरसविरुद्धको खोप आपूर्तिमा समस्या देखिएको छ ।

खोप उत्पादक एस्ट्राजेनेकाले कोरोनाविरुद्धको खोप उत्पादनमा समस्या देखिएकाले युरोपेली संघलाई यसअघि वाचा गरेजति मात्रा दिन नसक्ने जनाएको छ ।

फाइजर–बायोएनटेकले आफूहरूले उत्पादन गरेका खोपको आपूर्ति घटाइरहेका बेला एस्ट्राजेनेकाको यो भनाइले युरोपेली ब्लकमा निराशा छाएको छ । नाम गोप्य राख्ने सर्तमा युरोपेली संघ (ईयू)का अधिकारीले खोप आपूर्ति ६० प्रतिशत (करिब ३ करोड १० लाख) डोजसम्म घट्न सक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

ईयू हेल्थ कमिसनरले उक्त समाचारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोनाविरुद्धको खोप विकास गरेको हो ।

कम्पनीले आगामी मार्चसम्म ईयूका २७ राष्ट्रलाई ८ करोड डोज उपलब्ध गराउनुपर्ने थियो । अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई ईयू औषधि नियामक निकायले प्रयोगका लागि अझै स्वीकृति दिइसकेको छैन । सम्भवतः यही महिनाको अन्त्यतिर स्वीकृति पाउने कम्पनीको अपेक्षा छ ।

अस्ट्रियाले एस्ट्राजेनेका खोप मार्च अन्तिमसम्म २० लाख डोज उपलब्ध गराउने वाचाविपरीत जम्मा ६ लाखमात्र आइपुग्ने र बाँकी १४ लाख अप्रिलमा आपूर्ति गर्न लागिएको जनाएको छ । अस्ट्रियाका स्वास्थ्यमन्त्री रुडोल्फ एन्ससोबरले यो पूर्णतया अस्वीकार्य भएको बताएका छन् । यसअघि अमेरिकी कम्पनी फाइजरले आफ्नो उत्पादन क्षमता थप वृद्धि गर्न बेल्जियमस्थित प्रोसेसिङ प्लान्टमा काम भइरहेकाले केही साता आपूर्ति कटौती गरिने जनाएको थियो ।

ईयूले फाइजरसँग ६० करोड डोज अर्डर गरिसकेको छ । त्यसैगरी, जर्मनीको बढी जनघनत्व भएको राज्य नर्थ राइन वेस्टफेलिया र इटालीका केही भागमा खोप अभाव भएपछि अभियान प्रभावित भएको छ । इटाली र पोल्यान्डले खोप आपूर्तिमा कटौती भए कानुनी विकल्प खोजिने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेका खोप प्रयोगमा स्वीकृति दिइने बेला गुनासो गरेको हंगेरीले भने रुसमा निर्मित ‘स्पुतनिक–५’ खोप खरिदको सम्झौता गरेको छ । यद्यपि ‘स्पुतनिक–५’ ले अहिलेसम्म स्वीकृति पाइसकेको छैन ।

बुधबार डा. मोनीले अग्रपंक्तिमै बसेर कोभिसिल्ड खोप लगाएकी छन्

खोप सुरक्षित छ भन्ने सन्देश दिनका लागि हामीले खोप लगाएका छौं-मेसु. दास

सिरम इन्स्टिच्युड अफ इन्डिया,विश्वमा सबैभन्दा धेरै खोप बनाउने कम्पनीमध्ये एक

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले ईयू नेताहरूसँगको टेलिफोन कुराकानीमा खोप वितरणमा ढिलाइ रोक्न सम्भव भएसम्मका उपाय सोचिइरहेको बताएका छन् । युरोपेली आयोग अध्यक्ष उर्सुला भोन डेर लियन र मिसेलले आउँदो ग्रीष्म ऋतुसम्म ईयूको ७० प्रतिशत जनसंख्यालाई खोप दिइसक्ने लक्ष्य राखिएको बताएका छन् । यतिखेर बेलायतसहित युरोपेली मुलुक कोरोना भाइरसको नयाँ प्रजातिले प्रभावित छन् ।

शुक्रबारमात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ भाइरस पहिलेको भन्दा निकै खतरनाक भएको बताएका थिए । डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले नयाँ प्रजातिको भाइरस पुरानोभन्दा कम्तीमा पनि ७० प्रतिशत बढी संक्रामक भएको पनि जनाए ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको नयाँ स्वरूप विश्वका ६० भन्दा बढी देशमा पुष्टि भइसकेको छ । नयाँ प्रजाति सुरु भएको ठानिएको बेलायतले हाल खोप वितरण तीव्र पारेको छ । हालसम्म यहाँ फाइजर–बायोएनटेक र अक्सफोर्ड अस्ट्राजेनेका खोपको पहिलो डोज ६० लाख जनाले लिइसकेका छन् । तर, फाइजर–बायोएनटेक खोपको दोस्रो डोज धेरै अन्तरमा दिएको यसको कुनै अर्थ नरहने ब्रिटिस मेडिकल एसोसिएसनले चेतावनी दिएको छ ।

एसोसिएसनका अध्यक्ष डा। चन्द नागपलले पहिलो र दोस्रो खोपको अन्तर धेरै हुँदा प्रभावकारिता घट्ने बताएका हुन् । अहिले पहिलो डोज लिएका मानिसले दोस्रो डोजका लागि झन्डै तीन महिनासम्म कुर्नुपर्ने बताइएको छ । इंग्ल्यान्डका चिफ मेडिकल अफिसर प्राध्यापक क्रिस ह्विटीले सकेसम्म उल्लेख्य जनसंख्यालाई समेट्न दोस्रो डोजमा धेरै अन्तर राखिएको बताएका छन् ।नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x