नुवाकोटमा ओली समूह,प्रचण्ड–नेपाल समूहबीच झडप झडपमा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड
फाइल तस्बिर
नुवाकोटमा नेकपाका दुई माधव प्रचण्ड र केपि ओलि समुहका बीच झडप भएको छ । झडपमा पाँच जना घाइते भएका बताईएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा प्रचण्ड नेपाल समुहका कार्यकर्ताले पनि तोडफोड गरेका छन् ।
तोडफोडका कारण एउटा गाडीको शिशा फुटेको छ ।नेकपा ओली समूहले सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन मन्त्री नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल जाँदै गर्दा नुवाकोटको बट्टारमा दुई समूहबीच झडप भएको थियो । उपप्रधानमन्त्री पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी कार्यक्रममा सहभागि हुन आउने थाहा पाएपछि दाहाल–नेपाल समूहका केही नेता कार्यकर्ताले कालोझण्डा देखाई बिरोध जनाएका थिए ।
केहीबेर अघि प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले बट्टार क्याम्पसअगाडि कालोझन्डा देखाई उपप्रधानमन्त्री चढेको गाडीमा ढुंगामुडा गरेपछि दुवै पक्षबीच झडप भएको श्रोतले जनाएको छ । आन्दोलनकारीहरु सडकमा टायर बालेर प्रधानमन्त्री बिरुद्ध चर्का नारा लगाउदै केपी ओली मुर्दावादका नारा लगाएका थिए ।
ढुंगामुडापछि पोखरेलको गाडीमा सामान्य क्षति पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका स्वकीयसचिव मीनबहादुर सिंह चढेर आएको नेपाल आयल निगमको गाडीको पछाडिको भागमा भने पूर्ण क्षति पुगेको छ । कालोझण्डा देखाउने र देखाउन नदिनेबीच झडप हुँदा उप्रधानमन्त्री पोखरेल केहिबेर सडकमै रोकिनु परेको थियो ।
अभियानको दोस्रो दिन देशभरी २८ हजारभन्दा बढीले (कोभिड १९) विरुद्धको खोप लगाए
भीडलाई हटाउन र जाम खोलाउन मन्त्रीहरु चढेको गाडी पास गराउन प्रहरीलाई निकै सकस भएको थियो । ओली समूहले नुवाकोटको बिदुरमा आज आफ्नो पक्षको सभा राखेको छ । नुवाकोटमा ओलीभन्दा दाहाल–नेपाल पक्षको संगठन बलियो रहेको दावी उक्त पक्षको छ ।विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुबै सांसद दाहाल–नेपाल समूहमै रहेका छन् ।
प्रधानमन्त्री केपि ओलिको बृहत गोप्य तयारी प्रचण्ड नेपाल समुहमा मच्चियो खैलाबैला



