१२ मंसिर २०८३, शुक्रबार

सुपर लिग आज शुरु

एसीपी संवाददाता

११ बैशाख २०७८, शनिबार ०८:५९ मा प्रकाशित

श्याम कुमार शाहु । नेपाल सुपर लिगको पहिलो संस्करण शनिबारबाट काठमाडौंमा सुरु हुने भएको छ । इ

सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा शनिबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी विच प्रतिस्पर्धा हुनेछ । त्यसअघि शुक्रबार काठमाडौंमा आयोजना गरिएको प्रि टुर्नामेन्ट पत्रकार सम्मेलनमा सबै टिमको प्रशिक्षक र कप्तानले आफ्नो तयारी राम्रो रहेको बताएका छन । टिम धनगढीका प्रशिक्षक युगल किशोर राईले तयारीको समय कम भएपनि सक्दो राम्रो प्रशिक्षण गरेको बताउनुभयो । यस्तै कप्तान किरण चेम्जोङले तयारीको समय थोरै भएपनि आफ्नो टिमको क्षमतालाई भरपुर प्रयोग गरेको खेल्ने बताउनुभयो ।

विराटनगरको प्रशिक्षक यान ल ले राम्रो प्रतियोगिताका लागि तयारी पनि राम्रो रहेको र सबै खेलाडीले मेहेनत गरेको बताउनुभयो । यस्तै कप्तान रजिन धिमाललले तयारी राम्रो भएको र आफुहरुको लक्ष्य उपाधि जित्ने नै रहेको बताउनुभयो । बुटवल लुम्बिनीका प्रशिक्षकले पनि तयारी राम्रो रहेको र विदेशी खेलाडीपनि राम्रो रहेका धारणा राख्नुभयो । यस्तै कप्तान विशाल श्रेष्ठले पनि टिमको तयारी राम्रो रहेको बताउनुभयो ।

एफसी चितवनका प्रशिक्षक मेघराज केसीले आफुहरुले सकेको जति कोसिस गरेर प्रशिक्षण गरेको र उपाधि जित्ने टिम आफुहरुपनि भएको दावी गर्नुभयो । यस्तै कप्तान भरत खवासले एएफसी कपको छनौट खेलका कारण सबै खेलाडीले प्रशिक्षण गर्न नपाएको र प्रतियोगितामा राम्रो खेल्ने विश्वास रहेको धारणा राख्नुभयो । काठमाडौं रेजर्सका कप्तान बालगोपाल महर्जनले तयारी राम्रो रहेको र खेलाडीले पनि राम्रो प्रशिक्षण पाएको बताउनुभयो ।  यस्तै कप्तान विकेश कुथुले नेपाल सुपर लिग निकै ठूलो प्ल्यार्टफर्म रहेको र यसको राम्रोसँग सदुपयोग गर्ने धारणा राख्नुभयो । ललितपुरका प्रशिक्षक प्रदिप हुमागाईले शनिबार हुने खेलका लागि आफ्नो टिम तयार रहेको बताउनुभयो । यस्तै कप्तान अञ्जन विष्टले टिम राम्रो रहेको र लक्ष्य उपाधि भएको बताउनुभयो । पोखराका प्रशिक्षक राजेश शाहीले टिमले घरेलु मैदानमा नै प्रशिक्षण गरेकाले पनि राम्रो भएको बताउनुभयो । यस्तै कप्तान अनिल गुरुङले प्रशिक्षणको समय छोटो हुँदा खेलाडीको वास्तविक जाँच हुन बाँकी रहेको बताउनुभया

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x