१२ मंसिर २०८३, शुक्रबार
मञ्जुश्री खेल मैदान तथा पार्क सञ्चालनमा
काठमाडौंको स्वयम्भूस्थीत मञ्जुश्री टोल समितिले निर्माण गरेको मञ्जुश्री खेल मैदान तथा पार्क सञ्चालनमा आएको छ ।
शनिबार प्रतिनिधिसभा सांसद जिवनराम श्रेष्ठले पार्कको उद्घाटन गर्नुभयो । खेल मैदान र पार्क निर्माण गर्न पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत सांसद श्रेष्ठले आवश्यक बजेट उपलव्ध गराउनुभएको थियो । त्यस्तै स्थानीयहरुले पनि सहयोग गरेका थिए । कार्यक्रममा श्रेष्ठले आगामी दिनमा शारिरीक रुपमा अशसक्तहरुलाई स्वयम्भु नाथको मन्दिरसम्म पुग्नका लागि पूर्वाधार निर्माणका लागि छलफल भइरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा पार्क निर्माण गर्न सहयोग गर्नेलाई सम्मान गरिएको थियो । खाली स्थान अतिक्रमण भएपछि मञ्जुश्री टोल समितिले पार्क निर्माण गरेको हो ।
Subscribe
Login
0 Comments


