प्रचण्डको निन्द्रा हरायो ; ओलि र नेपालको बैठकले नयाँ तरङ्ग
काठमााडौं। देशका मुख्य राजनीतिक दलहरुबीच घोर विभाजनको अवस्था सिर्जना भएका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेट भएको छ ।
लामो समयको विवादपछि दुवै जनाबीच काठमाडौंको मेरियट होटलमा मिलन भएको हो । नेता नेपाल र अध्यक्ष ओलीबीच भएको भेटले एमालेमा विभाजनको अवस्थामा पुगेका दुवै समुह फेरि मिल्न सक्ने संकेत देखिएको छ ।
यस्तोमा नेपालसमुह ओलीसँगै मिलेर जसपाकासँगको संयोजनमा ओली सरकार अघि बढ्न सक्ने संकेत देखिएको छ । यसो भए भने लामो समय देखि खिचातानीमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको अवस्था भने हरिविजोग हुनसक्ने देखिएको छ ।
प्रधानमन्त्री ओली र नेता नेपालबीच मिलन भयो र जसपासँग पनि सहमति भयो भने माओवादी केन्द्रका अध्यक्ष दाहालको हाल भने बेहाल हुनसक्ने देखिएको छ ।
अध्यक्ष ओलीले आजै नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईलाई समेत बालुवाटार बोलाएर कुराकानी गरेका थिए । अहिले भेट जारी छ भने, भेटमा अन्य नेताहरू पनि सहभागी छन् । के बिषयमा छलफल भयाे भन्ने कुरा केही समयपछि बुझिने भएकाे छ । नेपालपान्न


