महामारी फैले सङै लकडाउन शुरु
श्याम कुमार शाहु । नेपालगन्ज – कोरोना संक्रमणले बिकराल रुप लिई रहेको बेला नेपालगन्जमा बिहीवार देखि लकडाउन गरिएको छ।
आजदेखि भएको लकडाउनमा नेपालगन्ज बजार पुर्ण रुपमा बन्द भएको छ। अति आबश्यक ब्यबसाय बाहेक अरु खुलेका छैनन्।
सडकमा अति आबश्यक काम बाहेकका ब्यक्तिहरु मात्रै हिंडेेको देख्न सकिन्छ। नेपालगन्जका सबै स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको हो । भने सुरक्षाकर्मीहरुले अनावश्यक रुपमा फाट्टफुट्ट हिंडेकालाई सम्झाईबुझाई फर्काइरहेका छन् ।
कोरोना तीब्र रुपमा फैलिएपछि स्थानियहरु पनि सचेत बनेर आ-आफ्नो घरमा बसिरहेका छन् । नेपालगन्जमा फार्मेसी भने खुलेका छन् ।प्रहरीले नेपालगन्जका विभिन्न स्थानमा गएर अनावश्यक रुपमा खुलाइएका पसलहरु भने बन्द गराएको छ।
त्यस्तै भारतबाट आएर जमुनहा नाकामा आएका नेपालीहरुलाई भने नेपालगन्ज उपमहानगरपालिकाको बसहरु गएर ल्याउने कार्य जारी छ भने पहिले नै तोकिएको परिक्षा भने सन्चालन भइरहेको छ। लकडाउन एक साता सम्म हुने छ। संक्रमणको सुधार हुने कि थपने भन्न गर्हो हो ।


