१२ मंसिर २०८३, शुक्रबार

मधेश आन्दोलनका मुद्दा  फिर्ता लिदै सरकार

एसीपी संवाददाता

१० बैशाख २०७८, शुक्रबार ०१:४२ मा प्रकाशित

काठमाडौं । सरकारले मधेस आन्दोलनका मुद्दा फिर्ता लिएको छ । मधेसका ५ जिल्लाका २४ मुद्दामध्ये सरकारले १० वटा मुद्दा फिर्ता लिएको हो । बिहीवार साँझ बसेको मन्त्रिपरिषद बैठकले ति मुद्दा फिर्ता लिएको हो । केही दिनअघि जसपाले २०८ जनाको नाम सरकारलाई फिर्ताका लागि बुझाएको थियो । मुद्दा मधेस मुद्दाको एक माग हो ।

त्यसगरी सरकारले दोस्रो मुद्दा लाल आयोगको प्रतिवेदन पनि संक्षेपिकरण गरेर सार्वजनिक गर्ने निर्णष गरेको छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७३ असोजमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा मधेस आन्दोलनका बेला भएको दमनको छानबिन गर्न आयोग गठन भएको थियो । उक्त प्रतिवेदन अझै सार्वजनिक भएको छैन । आयोगले त्यसको प्रतिवेदन २०७४ माघ २९ गते सरकारलाई हस्तान्तरण गरेको थियो ।

जसपाको महन्थ ठाकुर समूह प्रधानमन्त्रीसँग मधेसका मुद्दा समाधानका लागि निरन्तर सम्वादमा छ । माग पूरा गरेर सरकारलाई समर्थन दिने जसपाको रणनीति छ ।

तर बाबुराम भट्टराई र उपेन्द्र यादव भने मुद्दा सम्बोधन हुँदा नयाँ गठबन्धन भनेर भाड्न उद्धत छन् । उनीहरु माओवादी र कांग्रेससँग गठबन्धन बनाउन दौडधुपमा छन् । सरकारले मुद्दा सम्बोधन प्रक्रिया अगाडि बढाएपछि उपेन्द्र र बाबुरामलाई धक्का लाग्ने निश्चित छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x