१२ मंसिर २०८३, शुक्रबार

आज नेपालगंजमा लकडाउनको दोस्रो दिन

एसीपी संवाददाता

१० बैशाख २०७८, शुक्रबार ०६:४२ मा प्रकाशित

नन्दलाल शाहु – आज नेपालगंजमा लकडाउनको दोस्रो दिन, । बिहानै देखी बजारमा आउजाउ निकै कमी देखिएको छ । खाद्यान्न, ग्यास तथा पेट्रोल पम्प, तरकारी पसल, औषधी, अस्पतालहरु खुलेका छन ।

तर अन्य पास लिएका सार्वजनिक सवारी, विवाह, शान्ति सुरक्षा, निर्माण सामाग्री ओसारपसार गर्ने सवारी, एम्बुलेन्स लगायत बिरामी बोकेका सवारी साधानहरु मात्र सडकमा गुडेका छन ।

स्थानीय प्रशासनले अति आवाश्यक काम बाहेक घर बाहिर ननिस्कन र स्वास्थ्य सुरक्षाका सावधानीहरु अनिवार्य अपनाउन अपिल गरिरहेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका क्षेत्रमा मात्रै बुधबार राती १२ बजे देखी यही वैशाख १५ गते राती १२ बजेसम्म लकडाउन जारी गरिएकोे छ ।

यसैबीच बाँकेको राप्तीसोनारी गाउँपालिकामा कार्यरत १७ जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको छ ।

आज बिहान प्राप्त अर्को खबर अनुसार नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बनगाड ३ सल्यानका ५६ बर्षिय पुरुष, जानकी गाउँपालिका १ बाँकेकी ७१ बर्षिया महिला र बैजनाथ गाउँपालिका ६ बाँकेका २८ बर्षिय पुरुष रहनुभएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) बाँकेका स्रोत ब्यक्ति तेज वलीले जानकारी गराउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x