१२ मंसिर २०८३, शुक्रबार

सट्टेबाजी गराउने ११ जना पक्राउ

एसीपी संवाददाता

१३ बैशाख २०७८, सोमबार १३:१९ मा प्रकाशित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को सट्टेबाजी गराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट ११ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा भारतको हिमाञ्चल घर भएका सुशील जेष्टा,राजस्थान घर भएका पवन कुमार शर्मा, भारत बिहारका बिक्रम कुमार जैसवाल र अंकितकुमार कलवार छन् । 

राजस्थान घर भएका सूचित अग्रवाल, बिहार घर भएका मुकेश जैसवाल, कैलालीका अशोक सिंह, रौतहट घर भएका राहुलकुमार जैसवाल, विराटनगरका सन्दिपकुमार मण्डल, काभ्रेपलाञ्चोकका राजु थापा र धादिङका सन्तोष खतिवडालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाको टोलीले ठमेल र ज्याठा लगायतका पाँच ठाउँबाट आरोपीहरुलाई पक्राउ गरेको हो । उनीहरुले मोवाइल मार्फत ह्वाट्स एपको सहायताले सट्टेबाजी गराएर करोडौंका हार जित गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  रातोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x