गण्डकी प्रदेशसभा सरकार रहने कि जाने आज हुँदै छ निर्णय
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।
सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो । प्रस्ताव पेश गर्दै पोखरेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार असंवैधानिक भएपछि अविश्वास प्रस्ताव ल्याएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेको उहाको भनाई छ । उहाले ६ गते प्रदेशसभाको बैठक बोलाइसकेको अवस्थामा वैशाख १ गते राति नै अधिवेशन अन्त्य गरेर मुख्यमन्त्री गुरुङले प्रतिगमनकै सिको गरेको आरोप लगााउनुभयो । त्यस्तै उहाले साढे ३ वर्षमा कुनै पनि उल्लेखनीय काम गर्न नसकेको बताउनुभयो ।
सोमबार उक्त प्रस्तावमाथि छलफल भएको छ । प्रदेशसभाको अर्को बैठक मंगलबार बोलाइएको छ । मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री गुरुङले १ गते संसद अधिवेशन नै अन्त्य गर्नुभएको थियो । त्यसपछि तीन दलले अविश्वासको प्रस्ताव दर्ता गराउँदै विशेष अधिवेशन बोलाउन सोही दिन प्रदेश प्रमुख अमिक शेरचनसामु निवेदन दिएका थिए । प्रदेश प्रमुख शेरचनले विपक्षी दलको माग बमोजिम विशेष अधिवेशन बोलाइएको हो ।


