१२ मंसिर २०८३, शुक्रबार

भेरी अस्पतालमै भाइरस संक्रमणबाट दुई हप्तामा ७३ जना चिकित्सकमा कोरोना संक्रमण

एसीपी संवाददाता

१५ बैशाख २०७८, बुधबार ०५:५४ मा प्रकाशित

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालका ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारी भाइरस संक्रमित भएका छन् । दोस्रो भेरियन्टको भाइरस संक्रमणबाट दुई हप्तामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालले आफ्नो फेसबुक पेजमा कोभिड १९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको संक्रमण उल्लेख्य रुपमा देखा परेको उल्लेख गरेको छ ।

बैशाख १ गते आजसम्म ७३ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । नर्सिङस्टाफ ३३ जना, चिकित्सक ८ जना, प्यारामेडिक्स ८ जना, सहायक कर्मचारीहरु २२ र प्रशासनसँग आबद्ध २ जना गरी अहिलेसम्म ७३ जना संक्रमित भएका छन् ।

कैयौं नर्सिङस्टाफ संक्रमित भएर पनि आफुजस्तै संक्रमितको उपचारमा खटिएका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिएका सबै कर्मचारीप्रति अस्पतालले आभार प्रकट गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x