भारतबाट सिक्ने गर सरकार नत्र बिरामीहरु दयनीय मृत्यु हुन बाध्य छन्
सम्पदा अनुरागिनी खतिवडा
काठमाडाैँ, वैशाख १५ गते । देशव्यापी रुपमा कोभिड १९ (कोरोना भाइरस)का सङक्रमित बढिरहेको र दैनिक रुपमा मृत्युदर पनि बढिरहेकाले त्रास सिर्जना भएको छ । भारत अहिले जनस्वाथ्यका दृष्टिले सङ्कटको अवस्थामा र नेपालको सीमा नाका खुला रहेकाले त्यसको असर नेपालमा पनि देखापर्न थालेको छ । गतवर्षको भदौ महिनामा भारतमा दैनिक सङक्रमितको सङ्ख्या ९० हजार रहेको थियो । जुन पुष महिनाको अन्त्यमा २० हजारमा झरेको थियो । तर अहिले भारतका विभिन्न राष्ट्र जस्तै दिल्ली , महाराष्ट्र तथा अन्य शहरमा सङक्रमितको गणना भइरहँदा नयाँ रेकर्ड कायम भैरहको छ ।भीडभाडयुक्त चिहान, आफन्तका शोक, एम्बुलेन्सको लाइन , स्वाःँस्वाँ गरिरहेका बिरामीलाई कुरिरहेका आफन्त , अक्सिजनको प्रतीक्षा गरीरहेका बिरामी, औषधि, अक्सिजन र शैयाका लागि मात्र हारगुहार गरिरहेका तिनीहरुका शभचिन्तकहरुका तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।मङ्गलवार मात्रै नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् भने १८ जनाको मृत्यु भएको छ । सरकारले तत्काल नै केही निर्णय नगर्ने र नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचेक्राइँ गर्दै गए भारतको जस्तो भयावह स्थिति नेपालमा पनि देखापर्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।केही दिन अघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा धुलिखेल अस्पतालका स्वास्थ्य र समुदाय विकास कार्यक्रम निर्देशक डा.विराजमान कर्माचार्यले भन्नुभयो“ दाेस्रो लहरको कोरोना भाइरसको महामारी नेपालमा आइसक्यो , गत हप्ताभन्दा सङ्क्रमण २४१ प्रतिशतले उच्च छ । सङ्क्रमण दर ३० प्रतिशतका दरले बढ्दै गइरहेको छ , यही तरिकाले सङक्रमण दर बढिरहे दुई महिनाभित्र दुई लाखभन्दा बढी मानिस सङ्क्रभित हुन सक्छन् ।” कर्माचार्यले भन्नुभयो “ सरकारले कुनै कदम नचाले दिनमा १५० जना कोरोना सङ्क्रमितको ज्यान जान सक्छ । त्यसैले सबैलाई सरकारले सतर्क राख्ने समय आइसक्यो ।”त्यस्तै त्रिवि शिक्षण अस्पतालका कोरोना भाइरस सङ्क्रमितको उपचार संयोजक शान्ताकुमार दासका अनुसार अस्पतालका आईसीयू , आइसोलेसन बेडहरु कोरोना सङक्रमितका बिरामीले भरिइसकेका छन् । “युवामा पनि यस्तो सङ्क्रमण देख्दा धेरै हृदयविदारक लाग्छ , यही तरिकाले कोरोना दर दैनिक बढ्दै गइरहे नेपालको स्वास्थ्य अवस्था पनि भारतको जस्तै हुन्छ । न सरकारले सङ्क्रमण नियन्त्रण गर्न लागिपरेको छ न जनता नै सचेत छन्” उहाँले थप्नुभयो । नियन्त्रण बाहिर जान नदिन सरकारले रणनीति तयार गर्ने यो राम्रो समय मिलेको उहाँको भनाइ छ ।सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले भन्नुभयो “ ठूला अस्पतालहरुका आईसियू र भेन्टिलेटर पनि भरिन लागेका छन् , इमरन्जेन्सी कक्षहरु पनि बिरामीहरुले बुकिङ गरिसकेका छन् ”। उहाँले थप्नुभयो “कोरोना महामारीको कठोर सत्य तपाईहरुले नजिकैकाे अस्पतालमै देख्न सक्नुहुनेछ ,महामारी सत्य हो र लकडाउनले मात्र यसलाई केही हदसम्म साम्य पार्न सक्छ ,सरकारको प्रमुख लक्ष्य अर्थतन्त्रभन्दा जनताको जिउधनको सुरक्षा हुनुपर्दछ । त्यसैले सरकारले मुख्य शहरहरुमा कम्तीमा दुई हप्ता लकडाउन लगाउने र सरकारले जारी गरेका आदेश नागरिकले पालना गरेर मात्र सङ्क्रमण रोकथाम हुन सक्दछ ” ।यसबाहेक सार्वजनिक स्वास्थ्य विशेषज्ञ डा. भीमार्जुन पाण्डेयले भन्नुभयो “ सरकार लगायत सबैले भारतबाट सिक्नुपर्छ , यो समय सरकारले आयातित कुराहरुमा कडाइ गर्दै सीमा नाकामा कडाइ गर्नुपर्दछ । कोही नागरिकले नियमहरु पालना नगरे कडा सजाय दिनुपर्दछ ”। साभार गोर्खापत्रबाट


