१२ मंसिर २०८३, शुक्रबार

चीनमा हुने आगामी विन्टर ओलम्पिक बहिष्कार गर्न माग

एसीपी संवाददाता

१७ बैशाख २०७८, शुक्रबार ००:५३ मा प्रकाशित

वासिंगटन डि सि । अमेरिकी रिपब्लिकन पार्टीको नेताहरुले आगामी सन् २०२२ मा चीनमा आयोजना हुने विन्टर ओलम्पिक बहिष्कार गर्न माग गरेका छन् ।

अमेरिकी रिपब्लिकन नेतृ तथा कुटनीतिज्ञ निकी हेली लगायत रिपब्लिकन नेताहरुले चीनमा हुने आगामी विन्टर ओलम्पिक बहिष्कार गर्न सरकार समक्ष माग गरेका हुन् ।

चीनले मानवअधिकार उल्लंघन तथा हनन गरेको भन्दै सन् २०२२ मा चीनमा हुने विन्टर ओलम्पिक बहिष्कार गर्न अमेरिकी नेताहरुले माग गरेका हुन् । चीनको राजधानी बेईजिङमा सन् २०२२ फेब्रुअरि ४ देखि २० सम्म हुने विन्टर ओलम्पिक आयोजना गर्ने तालिका रहेको छ ।

राष्ट्रपति जो बाईडेनलाई ओलम्पिक बहिष्कार गर्न माग गर्दै हेलीले विन्टर ओलम्पिकलाई चीनले कम्युनिष्ट प्रोपागाण्डा प्रचार गर्ने माध्यमको रुपमा लिएको टिप्पणी गरेकी छन् । चीनले मानवअधिकार उल्लंघन लाई छल्न आयोजना गरेको ओलम्पिक हेर्न नसकिने हेलीको भनाई छ। रिपब्लिकन सेनेटर रिक स्कटले चीनमा भईरहेको मानवअधिकार हनन र आगामी विन्टर ओलम्पिक आयोजना क्षेत्र सार्नेबारे छलफल गर्न आग्रह गर्दै राष्ट्रपति बाईडेन लाई पत्र पठाएका छन् ।

चीनमा हुने ओलम्पिकमा अमेरिका सहभागी भए चीनले आफ्नो विश्व उपस्थिती र विश्व नेतृत्वको दाबी गर्ने हेलीले टिप्पणी गरेकी छन् । स्रोतः द जेनेभा डेली-नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x