१४ आश्विन २०८३, बुधबार

देश बिकासको खाका कोर्ने भनाउँदा दलका डफेदारहरु मुलुक लुटने ध्याउन्नमै

एसीपी संवाददाता

१७ बैशाख २०७८, शुक्रबार ०१:०५ मा प्रकाशित

नेपालमा प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र नामका शासन ब्यवस्था स्थापित भएर कार्यान्वयनमा आएको पनि तिसौं बर्ष भैसकेको छ । नेपाली जनताले परिकल्पना गरेको मुलुकको द्रुततर बिकास र अन्योलग्रस्त राजनीतिको सहज निकास भने अहिलेसम्म पनि देख्न पाएका छैनन् । देशमा दिगो शान्ती नभई बिकासका कामले गति पाउँदैनन तर देशमा दिगो शान्ति स्थापना गर्न सक्ने र मुलुकको बिकासको योजना कोर्न सक्ने कुनै बहादुर र क्षमताबान नेता किन राजनैतिक दलमा आउँदैनन ? भनेर आम नेपाली जनताहरु टाउकोमा हात राखेर सोच्न बाध्य छन् ।

देश बिकासको खाका कोर्ने भनाउँदा दलका डफेदारहरु मुलुक लुटने ध्याउन्नमै ब्यस्त छन् । बिगतमा भएका बिकास निर्माणका संरचनाहरु समेत कति कौडिको भाउमा बेचेर खाईसके, कति अत्यन्तै जिर्ण अवस्थामा आईसके । मर्मत सम्भार र थप निर्माणमा बर्तमानका शासकहरु कहिल्यै पनि अग्रसर भएको पाईएन । देशमा क्रियाशिल राजनीतिक दलहरुलाई न त देश बिग्रिदै गएकोमा चिन्ता छ ? न त जनता खान नपाएर स्वदेश छोडन बाध्य भएको र रोजिरोटीका लागि बिदेश पलायन भैरहेको कुरामा कुनै हेक्का छ ?

देश बिकास र प्रगतिको मार्गमा अघि बढन शासन ब्यवस्था हैन दुरदर्शी नेतृत्व र ईमान्दार नागरिकहरु हुनुपर्ने रहेछ भन्ने कुरा अब नेपाली नागरिकहरुले बुझिसकेका छन् । वर्तमानका राजनीतिक दलहरुको चर्तिकला देखेर नेपाली जनताहरु अघाई सकेका छन् । अब यिनै राजनीतिक दलहरु र दलका यिनै नेता र नेतृत्वकर्ताहरुको नेतृत्वमा देश बन्ला भन्ने सपना सोच्नु नै बेकार छ । देश कंगाल बनाएर आफु र आफ्ना आसेपासेहरुलाई काखी च्याप्ने प्रबृत्ति भएका नेता र नेतृत्वतहलाई अब जनताले चिन्न जरुरी छ, चिनिसकेपछि फोहोरको कन्टेनरमा लगेर फाल्न जरुरी छ ।

राजनीतिक संरक्षण र गलत बाटोबाट जम्मा गरिएका अकुत सम्पत्तिको निष्पक्ष रुपमा छानबिन गरी भ्रष्टाचारीहरुको निष्पक्ष रुपमा छानबिन गरी छानीछानी जेलको चौघेरामा हाल्न जरुरी छ । ईमान्दारिताको राजनीतिक संस्कारको बिकास गराउँदै जनताहरुमा दलहरुप्रति हराउँदै गएको राजनीतिक बितृष्णा प्रति विश्वास जगाउन जरुरी छ । अब मुलुकमा जनता र देशको पक्षमा ईमान्दार भएर काम गर्ने सक्षम नेतृत्व आउन जरुरी छ ।

नेपाली जनता चाहान्छन् राजनीतिक दलका नेताहरु कार्यकर्ताकोमा जाँदा या जनताका घर आँगनमा पुग्दा आफ्नै बुबाआमा बजारबाट घर फर्कदा बालबालिकाहरुमा आउने या देखिने प्रशन्नता, खुशी र आशाबादी झै देखिन सक्नु पर्छ । नेता कार्यकर्ताको घर आँगनमा पुग्दा सबै कार्यकर्ताहरुको मुहारमा खुशीका सञ्चार भएको आभास देखिन सक्नु पर्छ । राजनीतिक नेतृत्वले सधैं अभिभावकीय भूमिका निभाउँदै देश निर्माणको एउटै संकल्प रहेको जिम्मेवारीको बोझ बोकेको हुनुपर्छ । बोक्रे भाषण र झुठो आश्वासनमा दलमा आबद्ध भएका कार्यकर्ताहरुलाई, डराएर, धम्क्याएर, झुक्याएर र अल्मल्याएर गरिने झुठको राजनीतिको आयु सधैं छोटो हुने गर्दछ भन्ने कुरा पनि नेतृत्व तहले बुझ्न जरुरी छ । नेपाली राजनीतिमा विगतको नेतृत्वको पदचाँप पछ्याउने कुनै भरोषायुक्त नेता नभेटिरहेको बर्तमान अवस्थामा नेपाली राजनीतिक आकाशमा एक आशालाग्दा नक्षत्र उदाएका छन् । नेपाली कांग्रेस भित्र डा. शेखर कोइरालाको राजनीतिक क्रियाशिलतासँगै नेपाली कांग्रेसमा मात्र हैन सिंगो नेपाली जनतामा आशाको रक्तसञ्चार भएको पाईएको छ ।

अब नेता र कार्यकर्ताविच, सरकार र जनता बिच अभिभावक र छोराछोरी झै ब्यवहार गरिने वातावरण सृजना गराएरै छोडने उद्घोष गरेर राजनीतिमा होमिएका डा. शेखरले राजनीतिलाई स्वच्छ र आम नागरिकहरुले विश्वास गर्न योग्य बनाउने शंकल्प समेत गरेका छन् । राजनीतिबाट नैतिकता भन्ने शब्द हटाउनै नमिल्ने जिकिर गर्ने कोइरालाका वर्तमानका देश प्रेम, नागरिकप्रतिको चिन्ता र लोकतन्त्रप्रतिको आस्था र समर्पणका कारण उनको राजनीतिक उचाईमा थप ईटा थपिदै जान थालेको देखिदैछ । डा. शेखर भन्छन् नेतृत्व तहको ईमान्दारितामा नै सिंङ्गो कार्यकर्ताहरुको विश्वास र भरोषाको धागो अडिएको हुनाले नेतृत्व तहमा कथंकदाचित बेईमानी चरित्र हाबी हुन खोजेमा तुरुन्तै सच्चिन सक्नुपर्ने बताउछन् । यदि सच्चिन सक्ने अवस्था नदेखिएमा वा सच्चिनेबाटो बन्द भैसकेको भए राजनीति भन्दा बेग्लै बैकल्पिक बाटो खोज्नुपर्ने भन्दै अहिले कडा प्रतिक्रिया समेत दिन थालेका छन् । यसले पार्टीमा ईमान्दारीता पूर्वक निष्ठाको राजनीति गर्ने नेता तथा कार्यकर्ताहरुको मनोबल बढन थालेको छ भने गलत मनसाय राखेर राजनीतिलाई उपयोग गर्नेहरुको मुटुमा ढ्याङ्ग्रो बज्न थालेको छ ।

नेपाली जनतामा देखिएको राजनीतिप्रतिको बितृष्णालाई समयमै ब्यवस्थापन गर्न नसके मुलुक गम्भिर द्वन्दमा फँस्नसक्ने तर्फ ईंगित गर्दै कांग्रेसका प्रभावशाली नेता डा. शेखर जनताको विश्वास मर्न दिन नहुने र जनताका साथमा रहेर राजनीति गर्नुपर्ने बताईरहेका छन् । ३० बर्षे पञ्चायतको कालरात्रीको स्मरण गर्दै नेता कांग्रेसका भावी सभापति डा. शेखरले त्यति लामो ब्यवस्था बिरोधी आन्दोलनमा नेपाली जनताले नेपाली कांग्रेसलाई दिएको साथ भनेकै नेतृत्वतहको ईमान्दारिता, पार्टी र जनताप्रति समर्पित नेतृत्वपंक्ति भएकै कारणले हो भन्ने कुरा स्मरण गर्दै अहिले निक नेतृत्व तहको चर्को आलोचना हुने गर्दछ ? भन्ने प्रश्न गर्दै डा. शेखर कोइराला भन्छन् पार्टीभित्र ईमान्दारिताको राजनीतिक सस्कार स्थापित गराउने र नेता र कार्यकर्ता बिचको खाडन पुर्दै सँगसँगै हिडन सक्ने कांग्रेस बनाउने नै आफ्नाे चाहना रहेको बताएका छन् ।

कांग्रेसको आन्तरिक बिषयमा अन्य दलहरुले खेल्ने र बोल्ने ठाउँ कसरी बन्न सक्यो भन्दै डा. शेखर भन्छन् वर्तमान नेतृत्व तहले दर्बिलो खुट्टा नटेकीदिँदा बिगतमा कांग्रेसले निभाएको अभिभावकीय अग्रगामी भूमिका र गहन जिम्मेबारी पनि अहिले ओझेलमा परिरहेको प्रति चिन्ता समेत ब्यक्त गरेका छन् । अबको कांग्रेस सम्पूर्ण कार्यकर्ताहरुको भावना र चाहना अनुरुप चल्ने कांग्रेस हुनुपर्ने कुरामा जोड दिंदै नेता डा. शेखर भन्छन् नेपाली कांग्रेस प्रतिको जनताको विश्वास र भरोषा अझैसम्म पनि मरिसकेको छैन । हामीले जनतालाई ईमान्दार राजनीतिको उदाहरण प्रस्तुत गर्न सक्ने हो भने नेपाली कांग्रेसलाई बिपी, केपी, गणेशमान र गिरिजाबाबुले जुन उचाईमा पुर्याउनु भएको थियो त्यसमा थप एक ईटा थप्न सकिनेछ ।नेपालबहस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x