१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ कम्पनीले दियो धोखा अझै आएन समान

एसीपी संवाददाता

१७ बैशाख २०७८, शुक्रबार १५:०३ मा प्रकाशित

चिनियाँ कम्पनीहरुले नेपाली कम्पनीलाई सामान पठाइदिने भन्दै रकम बुझिसकेको लामो समय भइसक्दा पनि सामान नपठाएर धोका दिएका छन् । यस विषयमा नेपाल सरकार भने रमतिजस्तै बनेको छ ।

सामान आयातका लागि रकम भुक्तानी गरेको चिनियाँ कम्पनी सम्पर्कविहीन भएको लामो समयसम्म पनि सामान नपठाएपछि सरकारलाई सहयोग गरिदिन सूर्य-किरण फाइबर उद्योग प्राइभेट लिमिटेडले आग्रह गरेको छ ।

सरकारले भने कुनै ठोस पहल चाल्‍न सकेको छैन । पटक-पटकको दबाबपछि परराष्ट्र मन्त्रालयले चीनस्थित नेपाली दूतावासलाई यसबारे पत्राचार गरेको छ ।

उक्त कम्पनीले न सामान नै पठाएको छ न त रकम नै फिर्ता गरेको छ । हाल उक्त चिनियाँ कम्पनी सम्पर्कविहीनको अवस्थामा छ ।

उक्त पत्रमा भनिएको छ, “चीनस्थित सम्बन्धित निकायको सहकार्यमा चीनस्थित उक्त कम्पनीलाई सामान पठाउने ग्यारेन्टी अथवा क्षतिपूर्तिसहित रकम भुक्तानी गर्न पहल गरिदिन अनुरोध छ ।”

कोरोना महामारीलाई कारण देखाउँदै लामो समयदेखि नेपाली व्यापारीहरुले चीनमा आयात गरेको सामनहरु ढुवानी हुन सकेको छैन । हाल चिनियाँ खोप लगाएकाहरुलाई मात्रै चीन जान दिने प्रावधानसमेत बनाइएको छ ।

जसका कारण नेपालीहरुले चीन जानसक्ने अवस्था पनि छैन । लामो समय सीमा क्षेत्रमा नाकाबन्दीका कारण नेपाली व्यापारीहरुका सामान सीमा क्षेत्रमै अलपत्र परेका छन् । उक्त सामानहरु समयमै आयात हुन नसक्दा नेपालको अर्थतन्त्रमा नै ठूलो चोट पुगेको छ । यस विषयमा पनि सरकारले चीनसँग मुख खोल्‍न सकेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x