चिनियाँ खोपमा किन लाग्यो रोक
काठमाडौं । कोरोना भाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ ।मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले कोरोना संक्रमणको बढ्दो जोखिममा खोप लगाउनका लागि हुने भीडभाडका कारण तत्काललाई कोभिड खोप कार्यक्रम स्थगित गरेको बताएका छन् ।कोरोनाको बढ्दो जोखिम तथा खोप केन्द्रमा भएको भीडका कारण थप जोखिम हुने देखियो । अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि देशभर कोभिड विरुद्धको खोप कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छौं,’ गौतमले भने ।
पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउन खोप केन्द्रमा भीडका कारण संक्रमणको जोखिम बढाएको भन्दै आलोचना भएको थियो ।डा. शर्माले आलोचना भइरहेको भए पनि तत्कालै बन्द गरिहाल्ने अवस्था नभएकाले आज बिहीवारबाट खोप कार्य स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।अन्य नियमित खोप कार्यक्रम भने यथावत् रूपमा सञ्चालन हुने गौतमले बताएका छन् । संक्रमणको बढ्दो क्रमलाई मध्यनजर गर्दै आज बिहीबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको छ । १५ दिनका लागि लागू हुने गरी जारी निषेधाज्ञा संक्रमणको जोखिम हेरेर समयावधि बढ्नसक्ने जनाइएको छ ।मन्त्रालयको निर्णयपछि स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप लगाउने काम रोकिने जनाएको छ ।vac.png



