१२ मंसिर २०८३, शुक्रबार

चीनलाई हस्तक्षेप नगर्न ताईवानको चेतावनी

एसीपी संवाददाता

१८ बैशाख २०७८, शनिबार ०२:०५ मा प्रकाशित

ताइपेइ- ताइवानले कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र रहेको र यसमा हस्तक्षेप नगर्न चीनलाई चेतावनी दिएको छ ।

कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र मुलुक रहेको ताइवानको विदेश मन्त्रालयले बताएको बताएको छ । साथै अन्य मुलुकसँग ताइवानको सम्बन्धमाथि हस्तक्षेप गर्न चीनको कुनै अधिकार नरहेको पनि विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।

अमेरिकाले ताइवानमा पृथकतावादी गतिबिधिमा सहयोग रोक्नु पर्ने चिनियाँ विदेशमन्त्री वाङ यीको टिप्पणीपछि ताइवानको यस्तो भनाइ सार्वजनिक भएको हो ।

वाङ ले अमेरिकाले चीनको राजनीतिक प्रणालीमा चासो नदिन र ताइवानको स्वतन्त्रताका लागि पृथकतावादी गतिबिधिलाई सहयोग रोक्नुपर्ने टिप्पणी गरेका थिए ।

चीनको यस्तो टिपपणीपछि ताइवान विदेश मन्त्रालयले अन्य मुलुकहरुसँग ताईवानको सम्बन्धमा हस्तक्षेप गर्न चीनको कुनै अधिकार नरहेको र ताइवानमा लोकतान्त्रिक रुपमा निर्वाचित सरकारले मात्र अन्तर्राष्ट्रिय स्तरमा जनताको प्रतिनिधित्व गर्ने बताएको हो ।

विश्वमा ताइवानको उपस्थितीलाई चीनको दमनले कुनै फरक नपर्ने विदेश मन्त्रालयको भनाइ छ । स्रोत जस्ट अर्थ न्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x