भारतबाट ठुलो संख्यामा नेपालीहरु फर्किने क्रम जारी
श्याम कुमार साहु, नेपालगन्ज – भारतमा कोरोना संक्रमणले तिब्रता पाएको बेला र दिल्ली , मुम्बई , गुजरात सहितका स्थानमा कामको शिलशिला गएका नेपालीहरु अहिले कोरोना संक्रमणका बेला हरेक दिन नेपाली नागरिकहरु ठुलो संख्यामा फर्किने क्रम जारी रहेकोे छ । अहिले नेपाल सरकारले संक्रमणका बेला २२नाकाहरु बन्द गरि मात्र सिमा नाकाबाट मात्र आउन जान दिने निर्णय गरेको हो । नेपालको विभिन्न जिल्लाबाट भारतमा काम गर्न गएका नेपालीहरु दिनहु फर्की रहेकोले अहिले सिमानाका हेल्थ डेस्कको ब्यवस्था छ र स्वास्थ्य परिक्षण गरि मात्र नेपाली प्रवेश गर्न दिएको हो । अहिले ईलाका प्रहरी कार्यालय जमुनाह बाकेले आवत जावत गर्नेलाई अनिवार्य रूपमा स्वास्थ्य परिक्षण गराई प्रवेश गर्न दिएको ईन्चार्ज बिष्णु गिरिले एसीपी सवाददातालाई जानकारी दिनु भयो । अहिले भारतबाट मान्छे आवत जावत गर्ने सङ अनिवार्य रूपमा परिचय पत्र माग्ने गरेको हो
। नेपालबाट भारत जाने तर्फ भारतीय नागरिकलाई जाने दिने गरेको हो भने नेपाल प्रवेशका लागि अनिवार्य नेपाली नागरिकताको प्रमाण हेरेर प्रवेश दिने गरेको छ ।ईप्रका जमुनाह प्राप्त जानकारी अनुसार आईतवार मात्रै भारतबाट नेपाल फर्किनेको १ हजार ६ सय ५० जना र नेपालबाट भारत तर्फ जानेको संख्या १ सय ४६ जना रहेको छ्न भने कर्णाली प्रदेशका ७ सय ९९ जना नेपाल फर्केका छन । नेपाल प्रवेश गरेको मध्य ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।



