१६ आश्विन २०८३, शुक्रबार

नेपालगन्जमा फेरि थपियो लकडाउन

एसीपी संवाददाता

२० बैशाख २०७८, सोमबार ०७:५३ मा प्रकाशित

श्याम कुमार शाहु नेपालगञ्ज । बाँकेमा जारी निषेधाज्ञा थप एक साता बढाइएको छ । कोभिडको अवस्थालाई गम्भीरतापूवर्क लिँदै संक्रमण फैलावटको सांङ्गलो तोडन सोमबार रातीसम्म जारी रहेको निषेधाज्ञालाई थप एक साताका लागि बढाइएको छ ।

जिल्लामा कोभिड १९ को संक्रमण दरमा कमी नआएको र दिन प्रतिदिन संक्रमितहरुको संख्या बढि रहेको अवस्थालाई बिश्लेषण गर्दै बैशाख २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार यसअघिका निर्णय अनुसार अहिले पनि अत्यावश्यक कार्यहरु गर्न पाईने साथै सुरक्षाका मापदण्ड पालना अनिवार्य गर्न आग्रह गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x