१६ आश्विन २०८३, शुक्रबार

औपचारिक रुपमा केन्द्रले सरकारबाट लियो समर्थन फिर्ता

एसीपी संवाददाता

२२ बैशाख २०७८, बुधबार १०:५५ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिुक रुपले फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आज बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउनु भएको हो ।

संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाइएको थियो । यसअघि हिजो बसेको माओवादीको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवदाी केन्द्रले २०७४ साल फागुन ३ गते प्रधानमन्त्री ओलीलाई समर्थन दिएको थियो ।

सर्वोच्चको आदेशअनुसार गत फागुन २८ गते एमाले र माओवादी केन्द्र ब्युतिएपछि पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक रुपमा प्रधानमन्त्री ओलीको विपक्षमा रहे पनि प्राविधिक रुपमा भने समर्थन फिर्ता लिनुभएको थियो । अहिले प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते संसदमा विश्वाशको मत लिने निर्णय गरेपछि माओवादीले सर्मथन फिर्ताको औपचारिकता पूरा गरेको हो । ईमेजखबर

माओवादीद्वारा सरकारलाई दिएको समर्थन औपचारिकरुपमै फिर्ता, संसद सचिवालयमा बुझाईयो पत्र
माओवादीद्वारा सरकारलाई दिएको समर्थन औपचारिकरुपमै फिर्ता, संसद सचिवालयमा बुझाईयो पत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x