नेपालगन्ज किन बिचल्ली छ कोरोना सन्क्रमितको
मेराज अहमद हिमालय
पचास लाख छ त पनि हास्पिटलमा आंक्सिजन छैन् बिरामी तथा घर परिवार आफन्त एउटा oxygen cylendar का लागि यता उता दरदर भट्की रहेकाछन् । पावर र सोर्सको भरमा जीवन बचाउनु परिरहेकोछ । सोच्नुस् आम पब्लिक जो कुनै पार्टीको भक्त छैन कुनै पावर सोर्स छैन् उसको अवस्था कस्तो होला । जति पैसा oxygen cylendar सहित किन्नाका लागि सरकारी बजेट बाट निकासा भएकोछ । नेपालगंज भेरी हास्पिटलको लागि त्यो बराबर रकम बाट एउटा हास्पिटललाई पर्याप्त हुने सानो oxygen gas plant भेरी हास्पिटलको कमपाउन्ड भित्रै लगाउन सकिन्थियो ।
तर यस्तो गरिएन किनभने त्यो सदाको लागि भइहाल्थियो उपभोक्ता समिति पटक पटक बनाउन मिल्दैन् थियो । कार्यकर्ता पाल्ने बाटो नै अन्त्य हुनेथियो पटक पटक बजेट बाडफा़ड गर्न मिल्दैन्थियो । काश किन्नु भन्दा उत्पादन तर्फ ध्यान गएको भए
हास्पिटल भरी बिना सैलैन्डर एक दुई टैंकमा उत्पादन गरिएको oxygen gas stock गरी कोरोना बिरामीका बेडहरू सम्म पाइप जडान मार्फत भेरी हास्पिटलको सबै बेडहरूसम्म पाइप द्वारा आंक्सिजन सहज रूपले बिरामीहरू सम्म पुर्याउन सकिन्थियो oxygen gas को समस्या सदाको लागि समाप्त हुनेथियो ।
औषधी र थप कोरोना उपचार बेड तथा आईसोलेशन बनाउने तर्फ फ्री भयेर सोच्न सकिन्थ्यो तर oxygen gas ले जतिको समस्या गरेकोछ बिरामीहरूको उपचार त्यसको अगाडि सबै समस्या हाल सानो महसूस भइ रहेकोछ । कोरोना संक्रमितहरू कोरोना संक्रमणले ज्यान गुमाउनु भन्दा बढी oxygen को कमी र यस बारे भइरहेको लापरवाहीले आक्सीजन आपुर्ति हुन नसक्दा अधिकांशले ज्यान गुमाउनु परिरहेकोछ ।
आंक्सिजन अभावको कारणले थप आईसोलेशन व्यवस्था औषधी हास्पिटल बेडको सुबिधा सम्पन्न बनाउन तर्फ कसैलाई सोच्नै दिइरहेकोछैन् । यस कारण मेरो सबैमा बिनर्म अनुरोध छ अहिले राजनीति दावपेच खेल्नु भन्दा समस्या समाधान गर्ने तर्फ केन्द्रीत हुनुहोस् । बांकेका जनतालाई सही सुबिधाजनक रूपले उपचारको ब्यवस्थापन तर्फ सम्बन्धित सबै पक्षको ध्यान जाओस् । एक अर्कामाथि दोषारोपण गर्ने कार्य बंद गरियोस् । छिटो सहज बाटो अपनाई जनतामुखी स्वस्थ सेवा दिन दिलाउन एकजुट भइ पहल गर्नुहोस् ।
हाल पहिलो कोरोना महामारी चलेको बेला अपनाइएको साधनस्रोत अपुग रहेकोछ । दोस्रो लहरको लागि कुनै व्यवस्थापन नै गरिएको थिएन् जसले गर्दा बांकेमा संक्रमित दिनदिनै थपिदैं गइरहेछन् साथै मुत्युदर पनि बढेकोछ । हुन त संक्रमित सन्चो हुनेको संख्या पनि उत्साह जनक रहेकोछ । हाल हास्पिटलमा एडमिट भन्दा घरमै आइसेलेशन गरी औषधी उपचार गराउनेहरूको संख्या बढ्दै गएकोछ जो जोखिमपुर्ण रहेकोछ ।
नेपालगंज बांकेले धेरै ठुला ठुला महान हस्ती बुध्दिजीवी समाजसेवी खेलाडी ब्यपारीहरूलाई गुमाई सकेकोछ ।
अब तेस्रो लहरको समय आउदैंछ जसमा बालबालिकाहरूको लागि सबै भन्दा घातक रहेको चिकित्सा क्षेत्रका बिद्वानहरूले होशियार गराउदैंछन् । तर हाम्रो तैयारी त्यही पुरानो पहिलो कोरोना लहर वाला रहेकोछ जस कारण आउने दिन अझ् जटिल हुन सक्नेछ । जो हाम्रो लागि थप घातक साबित हुनेछ किनकि हाम्रो तैयारी फेल छ अर्थात प्रयाप्त छैन् ।
यस कारण बांकेको चार्ज कोरोना बिजेता बनेका र यसबारेमा बांके भित्र कार्य सेवा दिइसकेका कमाण्डरहरूको अनुभवी कांधमा जिम्मेवारी दिने समय रहेकोछ । जसलाई बांके र कोरोना महामारीको बारे कुनै अनुभव नै छैन् वहांहरूको कांधमा बांकेको जिम्मेवारी दिइनु बांकेवासीहरूको लागि नर्क बनिसकेकोछ ।
बांकेको दुर्दशा देशभरिको लागि चेतावनी हो । बांकेबाट देशभर अन्य जिल्लाहरूमा समेत पुर्व तैयारी इमान्दारीबाट गर्नु अति आवश्यक देखिएकोछ । जे जे समस्याबाट हाल बांकेबासी दुःखी आक्रोशित छन् । त्यो समस्याहरू समाधान गर्ने तर्फ अहिले नै, देखि पहल गरिए जनताको जिउधनको सुरक्षा सहज रूपले गर्न मद्दत पुग्नेछ ।
प्रत्येक जिल्ला प्रमुखहरूलाई कोरोना बिरामीहरूको उपचारमा चाहिने उपकरण तथा औषधी आक्सिजन बारे अंतराष्ट्रिय बजारबाट बिना भ्रष्टाचार सहज रूपले खरिद गर्न पाउने केन्द्रीय सरकारले वातावरण बनाइ दिन पहल अति आवश्यक रहेकोछ । जस कारण आ आफनो जिल्लाको समस्या समाधान गर्न स्थानीय सरकार र निकायहरूलाई समेत सहज होस् । स्थानिय सरकार नंगा भुखा बिखारी बनेकोछ बजेट छैन्। केन्द्रीय सरकार र प्रदेश सरकारले सहयोग गर्न असमर्थ छ भने जनतासंग दुबै हाथ जोडी आर्थिक सहयोगका लागि अपील गरि जनता राहतकोष बनाई उपचारका लागि चाहिने सबैउपकरण तुरन्त खरीद गरी जनताकै पैसाबाट जनताको स्वास्थ्य उपचार राम्रो तवरले गर्न गराउन हार्दिक अनुरोध गर्दछु ।अग्रणी भएर हाल सोचिएन् भने हाम्रो भविष्यलाई यस महामारीको तेस्रो लहरले झन भयानक अंधकार बनाउनेछ ।
अवस्था यस्तो पनि आउन सक्नेछ जनप्रतिनिधिहरू आफु बांच्न झंझट झमेलाबाट मुक्त बन्नका लागि आफ्नो शोसलमिडिया मार्फत आफनो तस्वीर हालेर अहिले फोन उठाउन असमर्थ छू मेरो लागि प्रार्थना गरिदिनु होला भन्दै सहानुभूति बटुल्ने कार्य गरी तपाईहरुले हामीलाई एक्लो बनाउन सक्नेछन् । हामी लावारिस बन्नेछौ, न औषधी हुनेछ, न oxygen, न बेड न आईसोलेशन सुबिधा , न डाक्टर न नर्स त्यो बेला सोचौं हाम्रो अवस्था के बनेर जानेछ । अहिले पनि समय छ जो भोली गर्नुछ त्यो आजै गरौं तर जे गर्नु छ उपभोक्ता समितिहरूको हितका लागि होइन् जनताको हितमा छिटो गर्ने गराउने तर्फ पहल गरियोस् ।
अंतमा म के भन्न चाहन्छु हाल बांके मा oxygen भन्दा oxygen calendar को समस्या अति नै देखिएकोछ । कोरोना संक्रमित उपचार गरिने हास्पिटलहरूले आफ्नै रिजर्व गर्ने र उत्पादन समेत गर्ने अथवा पब्लिकको सहयोगबाट उत्पादन सहकार्य गरी आ आफनै हास्पिटलमा oxygen gas उत्पादन गर्ने मेसीन जडान गरौं टैंकमा स्टोर गरी पाइप मार्फत बिरामीहरूको बेड सम्म सहज रूपले oxygen दिने तैयारी गर्न अपील गर्दछु ।
हामीले हेर्न सक्छौं छिमेकी मुलुक भारतले 16 लाख रूपैयामा भारतको गुड़गांवबाट खरीद गरिएको oxygen mechine बाट 24 घण्टा भित्र 64800 लिटर oxygen gas को सहज रूपले उत्पादन गराई उत्तर प्रदेश बहराइच जिल्ला हास्पिटलमा कोरोना संक्रमित बिरामीहरूको लागि आंक्सिजन उत्पादन गराउदैं त्यहांका डाक्टरहरुले उपचार दिइ रहेकाछन् ।
यस्तो सहज सुबिधा हुंदा हुंदै पनि पैसाको सदुपयोग गर्नुको सट्टा खेर फाल्नु र त्यसमा पनि oxygen gas हास्पिटलहरूमा प्रयाप्त न हुनु दुःखद हो ।यो सरासर स्वास्थ्यकर्मीहरूको र संक्रमित बिरामीहरूको मनोबल खसाल्नु सरह हो । यतिको क्षमता भएको मेशीन भेरी हास्पिटलमा oxygen mechine जडान गरियो भने मलाई लाग्दैन् आंक्सिजन बिनाको खाली टावर भेरी हास्पिटलमा लगाएर फोटो शेसन गर्नुको आवश्यकता रहन्थ्यो । 65000 लिटर उत्पादन गर्न सक्ने आंक्सिजन मेसीन खोज गरी भेरी हास्पिटलमा तुरुन्त जडान गरिएमा मलाई लाग्छ भेरी हास्पिटललाई चाहिने oxygen प्रयाप्त हुनेछ । थप अवश्यकता महसूस गरिए थप मेसीन जडान गरी कोरोना संक्रमितहरूको ज्यान जोगाउन र भेरी हास्पिटल तथा स्वास्थ्यकर्मीहरुको साहस बढाउन मदत मिल्नेथियो ।
साथै कोरोना संक्रमित भएका र हास्पिटलहरूमा भर्ना भइ उपचार गराई राख्नु भएका सबै बिरामीहरूको सिघ्र स्वस्थलाभको कामना गर्दछु । कोरोना युद्ध साहसले बिजयी बनाउने हो आफनो आत्मबललाई कमजोर बनाउने कुनै कार्यमा सहभागी न बन्नुहोला । एक र्काको हास्पिटल भित्र पनि सहयोगी बन्नुस् जसलाई जे वस्तुको आवश्यकता छ त्यस बाट उसको ज्यान समेत बांच्न सक्छ । त्यसको खुल्ला हृदयले बिरामीहरूले समेत मिलेर सहयोग गरौं ।
डाक्टर नर्सहरू रातदिन भोकभोकै आफनो घर परिवार बालबच्चा छाडेर तपाईहरूको सेवामा खटिरहेकाछन्। हुनसक्छ कुनैबेला उनीहरूबाट समेत बोल्दा समझाउदां जोर आवाजले रिसाएर कुरा गर्न सक्छन् । त्यसको जवाफ मिठो शब्द प्रयोग गरि बिरामी र बिरामीका आफन्तहरूले चिकित्सकहरूको समेत आत्मबल बढाउन सहयोग गर्नुहोला । अहिले अवस्था सबैको लागि गंम्भिर छ गरिब मजदूर असहाय अनाथ कोरोना संगै भोखमरीको महामारीबाट समेत छटपटाई रहेकाछन । उनका स साना बालबलिकाहरू भोक भोकै पुरा पुरा दिन रून्दै छटपटाउन्दै दिन गनती गर्दैछन् । कुनै इश्वरको दुत आउने छ कोरोना महामारी र भोकको महामारी बाट हामी सबैलाई जोगाउनेछ तपाई हामीलाई ईश्वर खुदा गाडले दिनु भएको धनसंम्पतिमा यी गरीब मजदुर असहाय अनाथ विधवाहरूको लागि समेत अंश लगाएर तपाईलाई धनवान बनाएकाछन् । यिनको हक अंश यही बेला दिने हो । समय बदलिरहेकोछ को आज छ को भोली रहन्दैन् कुनै ठेगान छैन् । किनकि हामी हेरी सकेकाछौं दुई हफ्ताको अंतरालमा नेपालगंजले कति ठुला महान समाजसेवी हस्तीहरूलाई गुमाई सकेकाछौं यो चार दिन जिन्दगानीमा थप केही पुण्य कार्य गरेर ईश्वर खुदा गाडको अगाडी मुख देखाउने लायक बनौं ।
यी गरीब मजदूर असहाय अनाथ दुखी बिरामीहरूको सहयोग गरेर आफुलाई तथा यिनको घर परिवारलाई दुखको समयमा खुशी बनाई आफनो जिउधन शरीरको सदका गरेर आफु र यिन लाई खुशहाल बन्ने बनाउने अवसरको रूपमा लिन सक्नुपर्छ ।


