१२ मंसिर २०८३, शुक्रबार

काँग्रेसका सभापति देउवासंग जसपाका अध्यक्ष महन्थ र महतो बिच भेट्वार्ता

एसीपी संवाददाता

२६ बैशाख २०७८, आईतवार ०७:५२ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबाहदुर देउवासंग जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गर्नुभएको छ । र

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा मत बाडिरहँदा आइतबार सभापति देउवानिवास पुगेर अध्यक्ष ठाकुर र महतोले भेटवार्ता गर्नुभएको हो । छलफलमा ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्यमा सहयोग गर्र्नेेबारे छलफल भएको नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिनुभयो । उहाले नेपाली काँग्रेसको प्रधानमन्त्री ओली विरुद्धको अभियानमा सहयोग गर्न आग्रह गरेको बताउदै  प्रधानमन्त्रीले लिने विश्वासको मतका विरुद्ध उभिन आह्वान गरेको बताउनुभयो । नेपाली काँग्रेसले आह्वान गरे पनि पनि जसपाका केही नेताहरुबाट कुनै प्रतिक्रिया नआएको सहमहामन्त्री डा.महतको भनाई छ ।

सभापति देउवाले ठाकुर र महतोालाई विश्वासको मत नदिन र आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x