१२ मंसिर २०८३, शुक्रबार

विश्‍वासको मतको प्रक्रिया सोमबार निर्णय हुने

एसीपी संवाददाता

२७ बैशाख २०७८, सोमबार ०१:१३ मा प्रकाशित

कोरोना संक्रमित सांसदहरुलाई विशेष व्यवस्थामार्फत मतदानमा सहभागी गराउने कार्यव्यवस्थाको निर्णय
काठमाडौँ — प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले विश्‍वासको मतको प्रक्रिया सोमबार नै टुंगो लगाउने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्‍वासको मत माग्नका लागि बोलाएको प्रतिनिधिसभाको अधिवेशन एक दिनमै सक्ने निर्णय गरेको हो ।
‘विश्‍वासको मतको प्रक्रिया भोलि नै सक्ने निर्णय भएको छ,’ प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए ।

त्यस्तै, प्रतिनिधिसभाको बैठकमा कोरोना संक्रमित सांसदहरूलाई पनि मतदानमा सहभागी गराउने व्यवस्था गर्ने निर्णय पनि कार्यव्यवस्थाले गरेको छ । कोरोना संक्रमित भएका दुई दर्जन भन्दा बढी सांसदहरूलाई मतदानमा सहभागी गराउनका लागि विशेष व्यवस्था गर्ने निर्णय भएको हो ।

पीसीआर परीक्षण नगराएका सांसदहरूलाई अनिवार्य रूपमा पीसीआर परीक्षण गराउन भन्ने पनि कार्यव्यवस्थाले निर्णय गरेको छ ।

सोमबार १ बजेका लागि प्रधानमन्त्री ओलीले विश्‍वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x