२७ श्रावण २०८३, बुधबार

केपी ओली विश्वासको मत प्राप्त गर्न असफल

एसीपी संवाददाता

२७ बैशाख २०७८, सोमबार १४:२१ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा विश्वास गुमाउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा ओलीले पेस गर्नुभएको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको हो । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुनु भएका ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशनमा संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२) बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्ताव निर्णयार्थ पेस गर्दा सदनमा उपस्थित मध्ये ९३ ले ओलीलाई मत दिएका छन् । विपक्षमा १२४ मत पर्दा १५ तटस्थ रहेका थिए । मतबिभाजनमा २ सय ३२ सांसद सहभागी भएका थिए । बहुमत गुमाएसँगै वर्तमान सरकार कामचलाउमा परिणत भएको छ । साथै अब नयाँ सरकार गठनको प्रक्रिया पनि प्रारम्भ हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x