१२ मंसिर २०८३, शुक्रबार

चीनमा आयो हुरी पुलको उडायो सिसा

एसीपी संवाददाता

२९ बैशाख २०७८, बुधबार ०१:५७ मा प्रकाशित

चीनमा अग्लो पुलको सिसाको भुईँ चर्को हावाहुरीले उडाउँदा पुलको बीचमा रहेका एक जना व्यक्ति अलपत्र परेका छन्।

गत शुक्रवार भएको त्यस्तो घटनामा ती पुरुष चीनको उत्तरपूर्वमा अवस्थित पिआन पर्वतमा बनाइएको एक सय मिटर अग्लो पर्यटकीय पुलमा घुम्न पुगेका थिए।

उनले त्यो अग्लो पुल पार गर्न लाग्दा १५० किलोमिटर प्रतिघण्टाको वेगमा आएको हावाहुरीले पुलको भुईँमा राखिएको पारदर्शी सिसाका प्यानलहरू उडाएपछि उनी पुलको बीचमा अलपत्र परेका थिए।

चीनमा त्यसरी भुईँमा सिसा हालिएका झन्डै २,३०० वटा पुलहरूका साथै पर्वतको छेउमा हिंडन मिल्ने गरी सिसाकै भुईँ हालेर बनाइएका बाटो र चिप्लेटीहरू छन्।बिबिसि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x