१२ मंसिर २०८३, शुक्रबार

सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालमा सांसद खरीद विक्री तीव्र

एसीपी संवाददाता

२९ बैशाख २०७८, बुधबार १५:२५ मा प्रकाशित

काठमाडौं । सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालमा सांसद खरीद विक्री तीव्र बनेको छ ।

खासगरी नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउन सक्रिय उपेन्द्र यादव र बाबुराम भट्टराईले आफ्नै पार्टीभित्र सांसद खरीद विक्रीको खेल खेलेका हुन् ।

महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकार गठन प्रक्रियामा संलग्न नहुने घोषणा गरेका बेला उपेन्द्र र बाबुराम आर्थिक प्रलोभन देखाएरै भए पनि बहुमत जुटाउन सक्रिय छन् । यसमा कांग्रेसका केही नेतासमेत संलग्न भएको बुझिएको छ ।

महन्थ ठाकुर पक्षमा १६ सांसद विश्वासको मतमै देखिएका छन् । तीन जना सांसद अपहरण गरेको कुरा पनि आइरहेको छ । यो पक्षले साथ नदिँदासम्म गठबन्धन सरकार बन्ने अवस्था छैन । ओलीले मधेसका मुद्दा सम्बोधन थालेकाले ओलीविरुद्ध जान नहुने र कुनै पनि सरकार निर्माणमा सहभागी नहुने निर्णय यो समूहको छ ।

यसै निर्णयका कारण उपेन्द्र बाबुराम निकट केही सांसदहरू ब्रिफकेश बोकेर महन्थका सांसदलाई फकाउन घरघरमा पुगिरहेका छन् । यसमा नेपाली कांग्रेसका एक जना ठूलै नेता पनि संलग्न रहेको सुन्नमा आएको छ । यसरी उनीहरु महन्थ ठाकुर पक्षधर सांसदहरूको घर घर गई सांसदहरूको बोली लगाउँदैछन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x