१२ मंसिर २०८३, शुक्रबार

भारत र बेलायत बिच बृहत रणनीतिक साझेदारीको सम्बन्धमा जोड

एसीपी संवाददाता

६ जेष्ठ २०७८, बिहीबार ०२:४३ मा प्रकाशित

नयाँ दिल्ली । भारत र बेलायतले गत मंगलबार एक महत्वाकांक्षी रोडम्याप २०३० अवलम्बन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती समकक्षी बोरिस जोनसनबीच मंगलबार भएको संवादका क्रममा रोडम्याप २०३० अवलम्बन गर्ने विषयमा सहमति भएको हो ।

दुबै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई बृहत रणनीतिक साझेदारीको आधारमा अघि बढाउने विष्यमा पनि जोड दिएका छन् । यस रोडम्यापले आगामी १० वर्षमा नागरिक नागरिकबीचको सम्बन्ध र विभिन्न आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गहिरो र बलियो सम्बन्ध कायम हुनेसमेत जनाइएको छ ।

बेलायती प्रधानमन्त्रीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, १० वर्षको अवधिमा दुबै मुलुकमा नागरिकबीचको सम्पर्क, आर्थिक, व्यापारिक, रक्षा तथा सुरक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्र थप बलियो हुनेछ र मुलुकहरुको सम्बन्ध गहिरो बन्दै जानेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस रोडम्यापलाई स्वागत गर्दै व्यापार सहकार्य थप वृद्धि हुने बताएका छन् । उनले ट्विटमार्फत भनेका छन्, “हामीले व्यापार साझेदारीलाई बढाउँदै लैजाने कुरालाई हामी स्वागत गर्दछौं । सन् २०३० सम्म द्विपक्षीय व्यापार दुई गुणाले वृद्धि हुने बताएका हुन् । स्वास्थ्य, प्रविधि, उर्जालगायतका थुप्रै नयाँ पहलहरुमा हामी सहमत भएका छौं ।“

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विश्वकै पुरानो प्रजातान्त्रिक मुलुक बेलायत र विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतबीच धेरै मूल्यमान्यताहरु समान भएकोसमेत बताएका छन् । उनले दुई मुलुक संसदीय प्रणालीप्रति प्रतिबद्ध भएको मुलुक भएका कारण पनि दुई मुलुकबीचको दैनिकीलाई जोड्ने प्रयास भइरहेकोसमेत बताएका छन् ।

दुबै प्रधानमन्त्रीले पछिल्लो कोभिड १९ महामारीको विषयमा पनि छलफल भएको र यस महामारीविरुद्धको लडाइँमा सहकार्य गर्ने र खोपको सफल सहकार्य भएको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x