१२ मंसिर २०८३, शुक्रबार

भारतीयमा वायुसेना सी १७ ले कोरोनाविरुद्धको लडाइँमा बिशेष योगदान गर्दै

एसीपी संवाददाता

६ जेष्ठ २०७८, बिहीबार १५:२० मा प्रकाशित

भारतीय वायु सेनाको सी१७ ग्लोबमास्टर ३ विमानले भारतको पूवी लद्दाखको सीमा क्षेत्रमा भएको चीनसँगको झडपका क्रममा ठूलो योगदान गरेको थियो ।

गत वर्ष चीनसँग लद्दाखका विभिन्न सीमा क्षेत्रमा पटक पटक झडप भएको थियो । उक्त झडपका क्रममा सैनिक र सैन्य उपकरणहरु ओसार्न प्रयोग गरिएको सी१७ले हाल कोरोना महामारीविरुद्धको लडाइँमा योगदान गरिरहेको छ ।

भारतमा हाल सी१७ सँगै वायुसेनाका आठवटा जहाजहरुले एयरलिफ्ट गर्नेेदखि तत्काल अक्सिजन अभाव भएका क्षेत्रहरुमा अक्सिजन पुर्याउने काममा सहयोग गरिरहेका हुन् ।

संयुक्त राज्य अमेरिकामा निमार्ण गरिएका यी जहाज हाल पूर्णरुपमा कोरोनाविरुद्धको उद्धार र राहतमा परिचालन गरिएका छन् । सी १७ जहाजले ७७ टनसम्मको भारबहन गर्नसक्छन् ।

यी जहाज विशेषगरि सेनाहरु, ट्यांक तथा सैन्य उपकरहरुलाई ओसार्न प्रयोग गर्ने गरिएका थिए । एक सैन्य अधिकारीले गत वर्ष चीनविरुद्धको लडाइँका क्रममा तत्काल प्रतिक्रियाका लागि सी१७ ले ठूलो योगदान गरेको बताएका छन् ।

हाल भारतका बढ्दै गरेको दास्रो लहरको कोरोना महामारीबाट उत्पन्न राष्ट्रिय विपद्को समयमा पनि उद्धार र राहतमा परिचालन गरिएका हुन् । विदेशबाट सामग्री ल्याउन प्रयाग भइरहेको सी१७ मात्रै एउटा विमान हो ।

मे ४ देखि यता वायुसेनाले ५४ क्रयोजेनिक अक्सिजन कन्टेनर, ९०० अक्सिजन सिलिन्डरहरु सिंगापुर, दुबइ, बैंकक, फ्रयांकफर्ट तथा बेलायतबाट ल्याएको थियो । वायुसेनाको यो विमान करिब १४० घण्टासम्म उडेकोसमेत जनाइएको छ ।

गत मंगलबार सी१७ ले ब्रिज नोर्टोनबाट चेन्नईमा ३७ टन खाली अक्सिजन सिलिन्डरहरु ढुवानी गरेको वायुसेनाका प्रवक्ता विंग कमाण्डर आशिस मोगेले जानकारी दिएका छन् ।एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x