आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नागरिकताको प्रमाणपत्र
काठमाडौं । सरकारले राष्ट्रपति कार्यालयमा विहिवार वेलुका तीनवटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाएपनि राष्ट्रपति कार्यालयले भने २ वटा अध्यादेशमात्र जारी गरेको सूचना गर्यो । आजै मन्त्रीरिषदबाट स्वीकृत गरी पठाइएको बहुचर्चित नागरिकता सम्वन्धि अध्यादेश भने राष्ट्रपति कार्यालयबाट जारी भएको जानकारी गराइएको छैन । यधपी सरकारका एक मन्त्रीले भने नगरिकता सम्वन्धि अध्यादेश पनि जारी भएको भन्दै त्यसको स्वागत गर्न आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने अध्यादेश जारी भएकोमा त्यसको स्वागत गरौ भनेर सामाजिक संजालमा फेसबुकम लेखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशबादी दलको माग संवोधन गर्न उक्त अध्यादेश ल्याएको बुझिएको छ । राष्ट्रपति कार्यालयले भने उक्त अध्यादेश जारी भएको सूचना अझै दिएको छैन । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशब प्रसाद घिमिरेले राष्ट्रपति बाट आज दुई अध्यदेश जारी भएको तर नागरिकता सम्वन्धी अध्यादेशकाो बारेमा जानकारी नभएको प्रतिक्रिया नेपालबहसलाई दिएका छन् । राष्ट्रपति कार्यालयले आज वेलुका अवेर सपथ सम्वन्धि र कोभिड संकट ब्यवस्थापन सम्वन्धि अध्यादेश जारी भएको सूचना राष्ट्रपति कार्यलयको साइटमै राखिएको अर्को अध्यादेशको बारेमा जानाकारी भएन घिमिरेले नेपालबसलाई जानाकारी दिए ।
https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fhridayesh.tripathi.92%2Fposts%2F4161161810589015&show_text=true&width=500


