१४ आश्विन २०८३, बुधबार

चीनले रसुवा सिमानाका बन्द गर्दा राजश्व संकलन आधा

एसीपी संवाददाता

७ जेष्ठ २०७८, शुक्रबार ०३:०२ मा प्रकाशित

चालु आर्थिक वर्ष २०७७र७८ को दश महिना बिति सक्दा समेत रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेन । कोरोना महामारीको बहाना चिनले सिमानाका बन्द गरेृको छ ।

कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात कोटा प्रणालि तथा निर्यात ठप्प रहँदा राजस्व संकलन प्रभावित भएको हो । नेपाल सरकारका तर्फ मन्त्री लगाएतको पहलमा पनि चीनले सिमानाका खोलेको छैन । अहिले ब्यापारीहरुको ट्रक समेत भारतको बन्दरगाहबाट ल्याउने बताएका छन । बिगत बर्षबाट नै चीनले सिमानाका बन्द गर्दै आएको सो नाका नखुलेको कारण नै राजश्व संकलनमा अवरोध भएको हो ।

यस नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता–चप्पल, मोटरको ब्याट्री, यूपीएसलगायत वस्तु आयात हुने गरेको छ ।नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको लामो समय भयो,’ उनले भनिन्, ‘चीनले नै दैनिक पाँच कन्टेनर सामान नेपाली भूमिसम्मै ल्याइदिने गरेको छ ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा ७ अर्ब २४ करोड ३३ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा साउन देखि वैशाख मसान्त सम्ममा २ अर्ब ८५ करोड ६४ लाख ३१ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।

कार्यालयको यो लक्ष्यको ४९ दशमलब।१ प्रतिशत मात्र हो ।

कार्यालयका अनुसार अबका दुई महिनामा ४ अर्ब ३८ करोड ६८ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गर्नु पर्ने देखिन्छ ।

हाल रसुवागढी नाकाबाट भइरहेको आयातको दर हेर्दा र निर्यात ठप्प रहँदा यो लक्ष्य पूरा गर्न सक्ने अवस्था निक्कै कम छ ।

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण डेड वर्ष देखि रसुवागढी नाका बाट सामग्री आयात घटे पछि राजस्व संकलन प्रभावित बन्दै गएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x