१२ मंसिर २०८३, शुक्रबार

संसद विघटनविरुद्ध राजनीतिक र कानुनी संघर्ष अघि बढाउने निर्णय

एसीपी संवाददाता

८ जेष्ठ २०७८, शनिबार १५:५४ मा प्रकाशित

काठमाडौं। नेकपा(माओवादी केन्द्र)ले संसद विघटनविरुद्ध राजनीतिक र कानुनी संघर्ष अघि बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा भएको छ ।

यस्तोमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले सरकारको यो कदम असंवैधानिक र निरंकुश भएको भन्दै यसको विरुद्धमा अग्रगमन र राष्ट्रिय स्वाधिनताको पक्षधर शक्तिसँग एक भइ संघर्ष गर्ने बताएका हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत संसदमा बहुमत पुर्याउन नसक्दा संसद विघटन गर्नुपर्ने अवस्था आएको थियो । यद्यपि अहिले फेरि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लागि परेको समुहले संघर्ष गर्ने कुरा निकालेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x