१२ मंसिर २०८३, शुक्रबार

देउवाले सत्तारुढ नेकपा एमालेकै माधव समूहसँग लागेर प्रधानमन्त्रीमा दाबी गर्नु गलत

एसीपी संवाददाता

९ जेष्ठ २०७८, आईतवार ०४:४७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपा एमालेकै माधव नेपाल समूहसँग लागेर प्रधानमन्त्रीमा दाबी गर्नु गलत भएको पार्टीका पुराना नेताहरुले बताएका छन् ।
पुराना नेता लक्ष्मणप्रसाद घिमिरे देउवालाई खुलापत्र लेखेर कांग्रेस र कम्युनिस्टहरुमा के फरक भयो भनेर प्रश्न गरेका छन् ।

एमाले माधव समूहका २७ सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीको दरखास्त हाल्नु देउवाको ठूलो राजनीतिक भुल भएको घिमिरेको भनाइ छ ।

‘पार्टी नफुटिकन कसरी तिनीहरूले तपाईंको पक्षमा मतदान गर्न सक्थे?’ घिमिरेले देउवालाई प्रश्न गरेका छन्, ‘फेरि दलीय संसदीय परिपाटिमा विश्वास राख्ने नेपाली काँग्रेस पार्टीले यस्तो

निर्दलीय चरित्रलाई प्रशय दिनु आफैंमा पार्टीलाई एउटा कलंक पनि हो। फेरि यसैलाई नजिर बनाएर भोलिका दिनहरूमा काँग्रेसका केहि सांसदहरूलाई अरुले प्रयोग गरेमा के आधारमा विरोध गर्ने?’

यस्तो छ पत्र:

आदरणीय नेकाँ सभापति शेरबहादुरज्यू,

नेकपा एमाले माधव नेपाल समूहका २७ जना सांसदको हस्ताक्षर सहित १४९ सांसदहरूका हस्ताक्षर लिएर तपाईं राष्ट्रपतिजीकहाँ प्रम पदकालागि दरखास्त हाल्न जानुभयो र राष्ट्रपति भण्डारीजीले तपाईंलाई प्रम पदमा मनोनित गरिदिने अपेक्षा राख्नु भयो । यो ठूलो राजनीतिक भूल थियो । पार्टि नफुटिकन कसरि तीनिहरूले तपाईंको पक्षमा मतदान गर्न सक्थे ? फेरि दलीय संसदीय परिपाटिमा विश्वास राख्ने नेपाली काँग्रेस पार्टिले यस्तो निर्दलीय चरित्रलाई प्रसय दिनु आफैंमा पार्टिलाई एउटा कलंक पनि हो ! फेरि यसैलाई नजीर वनाएर भोलिका दिनहरूमा काँग्रेसका केहि सांसदहरूलाई अरुले प्रयोग गरेमा के आधारमा विरोध गर्ने ? फेरि २०५० सालमा सरकारको नीति र कायक्रम संसदबाट नेकाँका ३६ सांसदको अनुपस्थितिले गर्दा पारित हुन नसकि देशलाई मध्यावधि निर्वचनमा धकेलेको पिडाले विग्रिएको नेपालको राजनीतिले अझै पनि स्थिरता पाउन सकेको छैन ! जानिफकार आफैं हुनुहुन्छ ।

तपईंको शुभेच्छुक,

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x